विश्वब्यापी संस्था कमन वेल्थ इण्टर्प्रेनर नेपाल च्याप्टरको अध्क्ष्यमा पोखराका गिरी

ह्देन्द्र गिरी
0 137

पोखरा, २ जेठ / विश्वका ५४ देशमा शाखा रहेको व्यवसायीक साझा संस्था कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टरमा पोखरा ७ रत्नचोकका ह्देन्द्र गिरी चुनिएका छन् । यो संगै संस्थाले गिरीलाई विश्वब्यापी समितिको सल्लाहाकार सदस्यमा पनि चुनेको छ ।

विश्वभरि १५ हजार सदस्य रहेको यो क्लबले गरिबि निवारण गर्न अन्तराष्ट्रिय निजी क्षेत्र र सम्बन्धित मुलुकको सरकार संग साझेदारी गरि काम गर्दछ । क्लबले पुंजीमा पहुँच, वितरण ,नवीनता, एसएमई वृद्धि र कृषि, पूर्वाधार, ऊर्जा, उत्पादन, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

कमन वेल्थ बेलायतकोको उपनिभेष भएर स्वतन्त्र बनेका राष्ट्रका व्यवसायीको संस्था भए पनि नेपालको गरिबी निवारण र युवा शक्तिलाई स्वदेशमै उत्पादन मुखी बनाउने उदेश्यले नेपाल आमन्त्रित सदस्य बनाएको अध्क्ष्य गिरीले बताए ।

सीई क्लब सगँ व्यवसायी र सरकारका सयौं विज्ञहरूको अन्तर्राष्ट्रिय नेटवर्क छ जुन रोजगारी सिर्जना गर्न र गरिबी निवारण गर्न सीइ को माध्यमबाट आर्थिक र सामाजिक रुपमा तयार रहेको अध्क्ष्य गिरीले जानकारी दिंदै भने अफ्रिका, एशिया, युन र ईयूका निर्णय निर्माताहरूसँग काम गर्दछौं जसको मध्यमबाट साना र मध्यम उद्यम सहित पूर्वाधार विकास, लगानीका अवसरहरू र व्यापार वृद्धि कसरी गर्ने भन्ने कुरामा कार्यक्रम चालाउछौ ।

हाल जापानमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका गिरीले तत्कालनै नेपालका केहि समुदायलाइ सहयोग र उत्पादनमुखी ब्यबसायमा लाग्न प्रेरित गरेर आयोजनानै संचालन गर्ने अध्क्ष्य गिरीले बताए । कमन वेल्थ इण्टर्प्रेनरको मुख्य कार्यालय बेलायतको लन्डनमा छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...