सिआईएस पत्रकारीता पुरस्कारबाट पत्रकार उमा सम्मानित

पोखरा, १५ भदौ/ सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७६  पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ ।

माछापुच्छ«े गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयूक्त कृष्णहरि बाँस्कोटा, माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले नगद ११ हजार १ सय ११ रुपियाँ, माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । पोखराको गण्डकी टेलिभिजन, रेडियो कास्की, हेल्थ अपडेट म्यागेजिन र एफएम रेडियो नेटवर्क अनलाइनमा कार्यरत पत्रकार उमा आलेमगर पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हुन् ।

सम्मान कार्यक्रममा बोल्दै आयूक्त बास्कोटाले सुचना पाउने सवैको अधिकार भएको बताउदै सुचना लुकाउन नहुनेमा जोड दिएका थिए । सुचना लुकाउन हुदैन, यदि लुकाउने प्रयास भए कार्वाही हुन्छ उनले भने सुचनाको हक संविधानमै उल्लेख गरिएकाले सुचना उपलब्ध बाध्यात्मक हो । सोही अवसरमा वास्कोटाले जनप्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुका लागि स्थानिय सरकार सञ्चालनका विधि तथा सुचनाको हक सम्बन्धि सहजीकरण पनि गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका सुचना अधिकारी मेघनाथ रिजालले समाजमा सुशासन कायम गर्न सामुदायिक सुचना समाजसंग सहकार्य गर्न अख्तियार तयार रहेको बताएका थिए ।

सम्मानित ब्यक्तित्व उमा आलेमगरले सुचना छिटोछिरितो उपलब्ध गराउन आग्रह गदै सम्मानले थप हौसला प्रदान गरेको बताइन् । कार्यक्रममा सम्मानित व्यक्तित्वको परिचय पुरस्कार छनोट समितिका संयोजक माधव पनेरुले गरेका थिए । कार्यक्तममा सुचना समाज पोखराका अध्यक्ष दिपक आचार्य, पत्रकार यदुनाथ बञ्जरा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक एसपी दानबहादुर कार्की लगायतले बोलेका थिए ।

कार्यक्रम माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...