पोखराकी विष्णुलाई अख्तियारद्धारा उपर आरोप पत्र दायर

पोखरा, २४ भदौ / पोखरा महानगरपालिका वडा नम्बर १० मा कार्यरत विष्णु कुमारी पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्रहरू झुठ्ठा भएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उजुरी उपर अनुसन्धान हुँदा शिक्षिका विष्णु कुमारी पराजुलीले पोखरा नगरपालिका कार्यालय (यु.वि.एस.) कार्यक्रम अन्तर्गत शिशु स्याहार केन्द्रको करार शिक्षिका पदमा नक्काली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी गरिएको मध्यमा तहको झुठ्ठा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायकस्तर (तृतीय मुखीया) शिक्षिका पदमा कार्यरत रही सरकारी लाभ सुविधा लिई भ्रष्टाचार गरेको आरोप छ ।

उनलाई निवारण ऐन,२०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) तथा साविक भ्रष्टाचार निवारण ऐन, २०१८ को दफा १२ र दफा २९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

कमेन्टहरु
Loading...