स्थानीय निकायको चुनाव मागे–अख्तियार प्रमुख कार्कीले

सागर राज तिमिल्सिना
पोखरा, ९ पौष/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा भ्रष्टाचार बढेको बताएका छन् । उनले सिधै स्थानीय निकायको निर्बाचन छिटो हुनुपर्छ नभने पनि भ्रष्टाचार बढ्नुको कारण स्थानीय निकाय जनप्रनिधि विहीन भएको भन्दै निर्बाचनको माग गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘पश्चिमाञ्चल क्षेत्रीय कार्यालय’ पोखरामा औपचारिक रुपमा उद्घाटन गर्दै अख्तियार प्रमुख कार्कीले गाविस सचिव र जिविसका स्थानीय विकास अधिकारीले थेग्नै नसक्ने जिम्मेबारी पाएको बताए । कर्मचारीले सही ढंगले सो जिम्मेबारी सम्हाल्न नसकेको बताउदै उनले स्थानीय निकाय बारे जन गुनासो निकै बढी भएको दावी गरे ।

स्थानीय निकाय पछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठुलो अनियमितता भएको बताउदै कार्कीले अस्पतलमा सुत्केरी भत्तामा ठुलो भ्रष्टाचार भएको गुनासो आई रहेको बताए । दशै, तिहार र संविधान सभा निर्बाचनका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग केही सुस्ताएको बताउदै आयोग प्रमुख कार्कीले अहिले निकै रफ्तारमा अनुसन्धानका काम जारी रहेको बताए । उनले वित्तीययययय क्षेत्रमा भएको अनियमितता माथि पनि अख्तियारले अनुसन्धान गर्न पाउने बताउदै अब त्यो क्षेत्रमा पनि अघि बढ्ने दावी गरे ।

लोकमानसिंह अख्तियार प्रमुखमा नियुक्त भए पछि आयोगले आफ्नो नेटवर्क देशब्यापी बनाउने प्रयास गरेको छ । सोही क्रममा पाँचै विकास क्षेत्रमा आयोजका क्षेत्रीय कार्यालय बिस्तार भएका छन् । पश्चिमाञ्चल क्षेत्रको अनुसन्धान गर्ने स्थापना भएको क्षेत्रीय कार्यालय उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अख्तियारले आफ्नो क्षेत्र बिस्तार गर्दै सेना, अदालत र नीजि क्षेत्रका अनियमितता माथि पनि अनुसन्धान गर्न आग्रह गरेका थिए । कार्यक्रममा क्षेत्रीय प्रशासक लोकदर्शन रेग्मी र अख्तियारका पश्चिमाञ्चल प्रमुख दुर्गा पोखरेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...