पोखरामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

पोखरा, २४ माघ / पोखरा महानगरपाकिला ३२ मा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गए राति पोखरा ३२ कोठे गाउँकी ७ बर्षिया पुजा विकलाई चितुवाले आक्रमण गरेर खाएको छ ।

साझँ ६ बजे बजे छिमेकी घरबाट खेलेर घर फर्किने क्रममा चितुवाल आक्रमण गरेको हो । बालिका घर नआए पछि खोजी गर्ने क्रममा बालिकाको शव क्षेतविक्षेत अवस्थामा भेटिएको थियो ।

चितुवाले घरदेखी पर जंगलमा लगेर बालिकाको खाएको देखीको स्थानीय कविराज खनालले बताए । राति नै देखी स्थानीय र सुरक्षा निकायले चितुवाको खोजी गरेपनि नभेटिएको उनले बताए ।

यस अगाडी तनहुँको भानु नगरपालिकाका विभिन्न ठाउँम चितुवाको आक्रमणबाट ७ जना बालबालिकाको मृत्यु भइसेको छ ।

कमेन्टहरु
Loading...