बच्चा सडकमा छाडेर आमा टाप

पोखरा, ३० जेठ/मंगलबार बिहानको पोखरा ७ शान्तिनगर चोक नजिकैको एक सटर अगाडी सुताएर राखेको अवस्थामा नावालक देखीयो । बिहान ६ नबज्दै देखीको बच्चाका बाबु आमाको स्थानीयले खोजी गरे कोही पनि देखीएनन् । आमा बाबु नदेखीए पछि स्थानीले प्रहरीलाई खबर गरे । प्रहरीले लै बच्चालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगे ।

राती नै देखी बच्चालाई छाडेका कारण बच्चा अस्वस्थ रहेका कारण उपचार भई रहको वडा प्रहरी कार्यालय बैदामका डिएसपि नविन कार्कीले जानकारी दिए । उनले बच्चा भेटियो भने पछि बच्चा नहुने आमा बुवा धेरै नै माग्न आएको बताए । उनले पक्रिया पु¥याएर ल्याउनेलाई जिल्ला प्रशासन कार्यालय कास्की वा महिला विकास कार्यालयबाट धर्मपुत्रका रुपमा पाल्न दिने बताए । बच्चा करिब डेढ महिनाको भएको उनले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारीले तारानाथ अधिकारीले धर्मपुत्रका रुपमा पाल्न दिने, संरक्षण गर्न दिने, तत्काल पालन पोषण गर्न दिने भन्ने तीन वटा पक्रिया मध्ये एकका लागि अनुमति दिने बताए । उनले त्यसका लागि लिन चाहाने परिवारको आर्थिक अवस्था, पहिलो बच्चा भए नभएको बारेमा जानकारी लिएर मात्रै दिइने बताए ।

 

कमेन्टहरु
Loading...