पोखरा तीन वटा वडामा कारितास नेपालको राहत सहयोग

पोखरा, ३० चैत / कारितास नेपाल, नेपाल जिविकोपार्जन तथा उत्थानशिलता परियोजना अन्तरगत कारितास नेपाल फिल्ड कार्यालय कास्कीले पोखरा महानगरपालिका ३ वटा वडामा राहत सामग्री वितरण गरेको छ ।

वडा नम्बर १५, २६ र २९ मा राहत सामग्री सहयोग गरेको हो । वडा नम्बर १५ का ६८ घर परिवार, २६ मा ६० घर परिवार र २९ का ६० घर परिवारलाई सहयोग गरेको छ ।

पोखरामा महानगरपालिका वडा नम्बर १५, २६ र २९ का वडा अध्यक्षहरु प्रकाश पौडेल, नारायण बराल, चेतबहादुर गुरुङको समन्वयमा कारितास नेपाल फिल्ड कार्यालय प्रमुख शोभा आचार्य, आईपिएम प्राविधिक मुक्ती पौडेल, वित्त सहायक पंकजकुमार रौनियार, पञ्चरत्न आयल स्टोर्सका सञ्चालक नवराज पौडेल लगाएतले राहत सामग्री हस्तान्तरण गरे ।

तीन वटै वडामा गरि २ लाख ५ हजार ८ सय बराबरको खाद्य सामग्री सहयोग गरेको कारितास नेपाल फिल्ड कार्यायल पोखराकी प्रमुख शोभा आर्चायले जानकारी दिइन् ।

विपन्न परिवारका लागि आवश्यक पर्ने चामल, दाल, चिनी, गेडागुडी, साबुन लगाएतका सामग्री प्रदान गरेको उनले बताइन् । कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा भएको लकडाउनको अवस्थामा दैनिक ज्यालदारी गर्नेहरुलाई राहात सहयोग गरेको बताइन् ।

कमेन्टहरु
Loading...