कारितास नेपालको सहयोगमा फलफुलका विरुवा रोप्दै

पोखरा, २३ जेठ/ विश्व वातावरण दिवसको अवसर पारेर कारितास नेपाल कास्कीमा विरुवा रोपेको छ । कारितास नेपाल, कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एडको आर्थिक सहयोगमा नेपाल जिविकोपार्जन तथा उत्थान शिलता परियोजना अन्तर्गत आई पिएम कार्यक्रम परियोजनाको सहयोगमा फलफुलको विरुवा रोपेको हो ।

माछापुच्छ«े कृषक समुहको आयोजनामा २५ औं विश्ववातावरण दिवसको अवसरमा माछापुच्छ«े गाउँपालिका वडा नम्बर १ मा घर घरका करेसामा फलफुलका विरुवा रोप्ने काम भएको कारितास नेपाल फिल्ड कार्यालय कास्कीकी प्रमुख शोभा आर्चायले जानकारी दिइन् ।

जैविक विविधता संरक्षण र प्रर्वद्धनका लागि घरघरमा फलफूलका विरुवा वृक्षरोपण र सरसफाई अभियान नाराका साथ स्थानीले विरुवा रोपेका थिए । माछापुच्छ«े कृषक समुहका सदस्यहरुको सकृयतामा प्रत्येक सदस्यहरुको घरघरमा विभिन्न प्रजातिका विरुवाहरु (अम्वा, मेवा, कागती, अंगुर) का विरुवाहरुको वृक्षरोपण गरेको उनले बताइन् ।

त्यसका गाउँ टोलमा सम्पूर्ण मूल बाटो भित्री बाटोहरुका प्लास्टिक जन्य फोहोरहरु संकल नगरि नकुहिने फोहोर मैलाको व्यवस्थित तरिकाले व्यवस्थापन समेत गरेको जानकारी दिइन् ।

कमेन्टहरु
Loading...