चण्डीका आमा समुहद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

पोखरा,२१ असार​ /पोखरा महानगरपालिका वडा नं ९ दरबारथोक टोलमा रहेकोे चण्डीका आमा समुहको आयोजनामा २०७५ सालको एसईई परिक्षा उत्तीर्ण छोराछोरीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।त्यस अबसरमा अंकिता श्रेष्ठ, सौरभ श्रेष्ठ, सुविन गुरुङ, इसिका कालु, अनिष भुजेल र स्मृति पोखरेललाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शालिकराम अधिकारी, वडा नं ९ का वडा सचिव लोकदर्शन कोइराला, टोलबिकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, पत्रकार रमेश पौडेल, दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट, अंकिता श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गरेका थिए ।समुहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार पुष्पाकुमारी आचार्यले र संचालन सचिव सीता नेपालीले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...