बटुकहरुको क्षमता विकासका लागि प्रशिक्षण

पोखरा, २४ असार/राष्ट्रिय परोपकार महासंघ पोखरा १५को आयोजनामा सिद्ध परोपकार बौदिकगुरुकुल आश्रमका वटुकहरुको क्षमता विकासका लागि आयोजित विविध विषयको सात दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

योग, संगीत, नेत्तृत्व विकास, साहित्य सृजना , आयुवेर्दीक, खेलकुद लगायतको विषयमा संचालीत प्रशिक्षण कार्यक्रममा गुरुकुल आश्रममा ५० भन्दा वढी वटुकहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले राज्यले गर्नुपर्ने काम राष्ट्रिय परोपकार महासंघले गरेको भन्दै जस्तो नाम उस्तै काम भएको वताए ।

बटुकहरुको क्षमता विकासका लागि प्रशिक्षण
बटुकहरुको क्षमता विकासका लागि प्रशिक्षण

उनले गुरुकुल आश्रमका वटुकहरुको क्षमता विकासका लागि आयोजना गरिएको कार्यक्रमहरुले उनीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने भन्दै हरेक विद्यालयले यस्ता खालका कार्यक्रमहरु आयोजना गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रमम प्रशिक्षकहरु संगितकार तिर्थराज पोख्रेल, खेलकुद धावक शंकर शाह, साहित्यकार छन्दमणी, पत्रकार सुष्मा पौडेल, चित्रकार जगत पुन, वैद्ध मिना केसी, योग प्रशिक्षक उशा गोसेली, लक्ष्मी गुरुङ र दिपक सिग्देललाइ प्रमुख अतिथिले सम्मानपत्र मायाको चिनो, तथा माला र अविरद्धारा सम्मान गरेका थिए ।

त्यस्तै सहायक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्यले जिल्ला शिक्षा कार्यलयले आगामी दिनमा विद्यालयको संरक्षणका लागि तथा शैक्षीक विकासका लागि समन्वयात्मक भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै गरि राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष युवा पं कमल नयन गौतमलेराष्ट्रिय परोपकार संस्था र संस्थाका गतिविधिवारे जानकारी गराउदै सेवा नै धर्म भएको वताए ।

कार्यक्रम विद्यार्थीहरुको आन्तरीक प्रतिभा प्रस्फुटन गर्नका लागि आयोजना गरिएको भन्दै आगामी दिनमा समेत निरन्तरता दिनेमा जोड दिए कार्यक्रममा प्रशिक्षकका तर्फवाट तिर्थ पोख्रेलले वोलेका थिए भने परोपकार नारी समुहका पुष्पा भण्डारी लगायतले वोलेका थिए । पोखरा उपमहानगर पालिका सह आयोजक रहेको उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुले आफ्नो कला प्रर्दशन तथा अनुभव व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मंतव्य जिल्ला अध्यक्ष ललित कुवरले गरेका थिए भने सञ्चालन राजु वरुवालले गरेका थिए ।

कमेन्टहरु
Loading...