बागलुङकी कोरोना संक्रमित अंशुका परिवारको परीक्षण नतिजा नेगेटिभ

बागलुङ, २० चैत / कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अंशु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी १२ जनाको स्वाब नमूना परीक्षणका लागि मंगलबार काठमाडौँ पठाएको थियो ।

परीक्षणका लागि पठाइएका मध्ये युवतीका हजुरबा, बाबु, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको हो । ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् ।

कतार एयरवेजको विमानमा सवार काठमाडौँकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार अन्य यात्रुको खोजी गर्ने क्रममा बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गर्दा कोरोना पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...