औषधि संघको रक्तदानमा ४६ यूनिट रगत सकंलन

पोखरा, २९ साउन / नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाईले मंगलबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ यूनिट रगत संकलन भएको छ ।

संघले आफ्नो ४९ औँ वार्षिकोत्सवको आयोजना गरेको कार्यक्रमको नेपाल मेडिकल एशोसियसन गण्डकी शाखाका अध्यक्ष डा. निर्मल लामिछानेले पहिलो रक्तदाता संघका वरिष्ठ सदस्य कैलाश राइलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरे ।

डा. लामिछानेले रक्तदानले कसैको जीवन बचाउने हुदाँ रक्तदान गर्न उपयुक्त व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल औषधि बिक्री प्रवद्र्धक संगठनका गण्डकी प्रदेशका अध्यक्ष प्रमोद ढकाल, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाईका पूर्व अध्यक्ष रवी ताम्राकार, अर्जुन मरासिनी लगायतले आफ्नो भनाई राखेका थिए ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाईका अध्यक्ष निरज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विक्रम केसीले र सञ्चालन सचिव यादव सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...