लकडाउनमा प्रकृती सँगः जुरेली चरीले ३१ दिनमै उठाइन् बचेरा (फोटो फिचर)

शब्द तथा तस्बिरहरुः पुर्ण न्यौपाने
पोखरा, २ जेठ / लकडाउनको १५ औ दिन अर्थात चैतको २६ गते आँगन छेउ बारीमा जुरेली चराका जोडी माया पिरतिका गीत गाउदै थिए। अचानक मेरो आखाँ आँगन डिलको सानो भोगटेको बोटमा पर्यो । जहाँ जुरेली जोडीले आफ्नो नयाँ घर बनाउनको लागि तयारी गर्दै थिए।

त्यसको दुई तिन दिनमा जुरेलीको गुँड तयार भयो। जुरेलीका सबै गतिविधि म प्रत्येक दिन सावधानी पुर्वक नियाल्दै मोवाइलले फोटो खिच्दै गए। गुँड तयार भएको अर्को दिन नै गुँडमा २ वटा अण्डा अनि अर्को दिन ३ वटा अण्डा देखे र फोटो खिचे।

यी सबै कुराहरू म सतर्क भएर हेर्थे किनकि भोगटेको बोट सानो थियो । फेरि केहि गरि अबरोध गर्दा चराले गुँढ छोड्न पनि सक्थ्यो। यसरी दिनको एक चोटी नियाल्ने गर्दथे। जोडी चरा आलो पालो आएर बस्थे। यसै गरि उनीहरुले गुड लगाएको १४ औ दिनमा अण्डाबाट बचेरा निस्के। माउ चरा आलो पालो बच्चालाई आहारा ओसार्ने गर्थे।भोगटेको बोट वरपर कोही आए चरा प्रतिकार गर्न आउथे।

यसरी बचेरा हुर्कदै गए म फोटो खिच्दै गए । ९ औ दिनको दिनमा निकै ठुलो हावाहुरी आयो । नियमित झै १० औ दिनमा हेर्न जादा गुँडमा २ वटा मात्र बचेर थिए। रातीको हावाहुरिले एउटा बच्चा खसेर मरेछ। नमज्जा लाग्यो। मन अमिलो भयो। चरा हेर्न थालेको पनि २४ दिन भएछ । पत्तै भएन यसै पनि लकडाउनले घरमै बसि रहदा बार गते पनि भुल्न थालिसकिएको छ।

मेरो अफिस जाने दैनिक जस्तै चरा हेर्ने दैनिकी भै सकेको थियो।बच्चा हुर्कदै गए ३१ औ दिनमा नियमित जस्तै म हेर्न गए बच्चा गुँडमा थिएनन् । केहि भएछ कि भनेर तर हैन रहेछ चराका बचेरा ठुला भएर घर छाडेका रहेछन् ।

बचेरा नजिकै इस्कुसको झालमा बसेका रहेछन् । पछि उडेर अलि पर फुलको बोटमा गए।मनमा आनन्द भो। भोलिबाट मेरो एउटा दैनिकी फेरिने छ चरा हेर्ने । किनकि उडेका बचेराले धेरै लामो उडान भर्नु छ पक्कै पनि बचेरा भोली मेरो बारिमा हुने छैनन्।

 

कमेन्टहरु
Loading...