पोखरा चरा उत्सव, पाँच बुद्धे पोखरा घोषणपत्र जारी, संरक्षण र पर्यटन विकासमा जोड

पोखरा, २१ असार / पोखरामा तीन देखि फेवाता किनारमा भएको नेपाल चरा उत्सव २०७६ पाँच बुद्धे पोखरा घोषण पत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ । पोखरा पंछी समाजको आयोजनामा भएको उत्सवमा पाँच बुद्धे घोषणपत्रमा गण्डकी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले एक्यवद्धता जनालउँदै हस्ताक्षर गरे ।

पाँच बुद्धे घोषण पत्रमा चराको बासस्थानको संरक्षण संगै पर्यटन विकासमा जोड दिइएको छ । पोखरा घोषणमा चरा र तिनको बासस्थान अनुसन्धान तथा संरक्षणका कार्यक्रमहरु प्रदेश र स्थानीय निकायका आप्नो नियमीत कार्ययोजना र स्थानीय पाठ्यक्रममा समावेश गर्नु पर्ने पहिलो बुद्धामा राखिएको छ ।

यसै गरि महत्वपूर्ण चरा तथा महत्वपूर्ण जैविक विविधता क्षेत्रको अनुसन्धान र संरक्षणकालागि स्थानीय तह संग पहल गरिने, प्रदेश र स्थानीय निकायले आप्नो क्षेत्रमा पाइने चराहरुको सूची पहिचान गरि कुनै खास प्रजातीलाई प्रदेश तथा स्थानीय निकायको पंछी घोषणकालागि पहल गरिने उल्लेख गरिएको छ ।

सबै स्थानीय निकायहरुले चराहरुको बिशेष बासस्थान सिमसार, घाँसे मैदान, पहरा, वन क्षेत्रमा बाटो तथा भौतिक संरक्षण निर्माण गर्नु अघि अनिर्वाय रुपमा वातावरणीय प्रभाव मुल्यङ्कन अनिवार्य र प्रभावकारी रुपमा गर्नु पर्ने, चरा अवलोकनलाई पर्यटनको महत्वपूर्ण हिस्साको रुपमा प्रवद्धन गर्दै दक्ष जनशक्ति उत्पादनमा पहल गरिने पोखरा घोषण पत्रमा उल्लेख गरिएको छ ।

यस अघि चरा उत्सवमा सहभागीहरुले पछिल्लो समयमा चराका प्राकृतिक बासस्थान सिमसार, पानीका स्रोतहरु नष्ट हुने लयागतका कारणले चराहरु संकटमा पर्दै गएको बताएका थिए । पोखराको फेवाताल किनारमा देश भरका चरा विद्ध, बिज्ञ, चरा संरक्षणमा काम गर्ने संघ संस्थाहरु, विद्यार्थी, अनुसन्धानकर्ताहरुको उपस्थितीमा चरा उत्सव भएको हो ।

नेपालमा हिमाली क्षेत्रको पदयात्रा, पहाड र तराईका वन्यजन्तु अवलोकन गर्न आउने कुल पर्यटक मध्ये ५० प्रतिशत पर्यटकले चरा पनि अवलोकन गर्न आउने गरेको चरा विद्ध हेमसागर बरालले बताए । सिमसार क्षेत्रको अतिक्रमण र प्राकृतिक सम्पदाको दिघो विकास नहुँदा नेपालमा पाइने चराको प्रजाति र संख्या घटेको उनले बताए ।

मानव जिवन संग प्रत्यक्ष सम्वन्ध रहेको चरा पछिल्लो समयमा संकटमा परेका हुन् । नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छन् । ति मध्ये १ सय ६८ प्रजातिका चरा अति संकटमा रहेको डा बरालले बताए । वासस्थान विनास र चराकालागी चाहिने अनुकुल वातावरण नहुँदा ६ प्रजातिका चरा नेपालबाट लोप भइसकेका छन् । २० प्रजातीक चराले नेपालमा गुण लगाउन छाडेको पाइएको छ । लाहाचे, गुलाफी टाउँके हाँस, होमराही, वन बकुल्ला लगायतका चरा देखिनै छाडेका हुन् ।

मानव जिवन संग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत साधन र स्वच्छ वातावरणका सरकारबाट ऐन कायान्वयन गर्न नसक्नु र नागरिक वातावरण संरक्षणका क्षेत्रमा गम्भीर नदेखिएको संरक्षण कर्मी राजु आचार्यले बताए । यसैका कारण वन्यजन्तु र वातावरण संरक्षणमा चुनौती थपीएको हो । चोरी सिकारी नियन्त्र वन्यजन्तु संरक्षणमा मुख्य चुनौती रहेको पनि आचार्यले बताए ।

नेपालमा चरा हेर्नकै लागी ८ प्रतिशत पर्यटक आउने गरेको नेपाल चरा उत्सवको आयोजक संस्था पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । उच्च हिमाली क्षेत्रको पदयात्रा, हिमाल आरोहण, शाहाशिक खेल र सांस्कृति विविधताको अध्ययनकालागि नेपाल घुम्न आउने पर्यटक पछिल्लो समयमा यहाँका चराको अध्ययन अनुसन्धान र तस्बिर खिच्न समेत आउन थालेको हुन् ।

नेपालमा पाइने ८८७ प्रजातिको चरा मध्ये पोखरामा ४ सय ६७ प्रजातिका चरा पाइन्छन् । रामसार सूचीमा सूचिकृत पोखराका ९ तालका सिमसार क्षेत्र पुरेर घडेरी बन्नु, ताल सागुरिदै गएको छ । चराका बासस्थान ताल, सिमसार क्षेत्र, घाँसे मैदान साँगुरिदै जाँदा चरा पनि संकटमा पर्दै गएका छन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिएको बताए । चरा उत्सवमा पोखरा उपत्यकाका चराहरु, नेपालका गिद्धहरु पुस्तकको बिमोचन पनि गरिएको थियो ।

कमेन्टहरु
Loading...