विपतमा सवारी नपाए मलाई फोन गर्नुहोस्ः वडाध्यक्ष गुरुङ

पोखरा, १३ चैत / पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा विरामी भएर अस्पतालनै लैजानु पर्ने अवस्था आए आफुलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् ।

उनले आफुले नीजि रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कार सहित आफु वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा अन्य विरामीले ज्यानैसम्म गुमाउनु पर्ने अवस्था आएमा आफु त्यस्ताको उद्धारमा खटिने वडाध्यक्ष गुरुङले बताएका हुन ।

विरामी भएर ज्यानै गुमाउनु पर्ने अवस्था आए महानगरपालिकाले उपलब्ध गराएको मोबाइल नम्बर ९८५६००३०२७ मा सपम्र्क गर्न उनले वडाबासीलाई आग्रह गरेका छन् ।

यो बिपतको घडीमा सवै एकजुट भएर लड्नु परेको उल्लेख गर्दै, वडाध्यक्ष गुरुङले सरकारले जारी गरेको लकडाउनमा घरमै बसेर पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट जोगिन समेत वडावासीलाई आग्रह गरेका छन् ।

नेपाल सरकारले जारी गरेको निर्देशन पालना गर्न आग्रह गर्दै, उनले वडा, टोल र घरपरिवारमा विदेशबाट कोही नयाँ सदस्य आएमा विशेष निगरानीमा राख्न एवं कोरोनाको लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत वडावासीलाई आग्रह गरेका छन् ।

वडाबाट एक हजार थान मास्क वितरण गर्ने योजना रहेको उल्लेख गर्दै, अहिले उपलब्ध भएको तीनसय थान मास्कका लागि वडाका पायक पर्ने वडासदस्यलाई सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...