विमललाई विद्यावारीधि

पोखरा, ८ भदौ/ पोखराका विमल सुबेदीले कोरियाको एक युनिभसिटिबाट विद्यावारीधि गरेका छन् ।

कोरियाको कोरिया एरोस्पेस युनिभसिटिबाट सुबेदीले विद्यावारीधि गरेका हुन् । उनले
एरोस्पेस एण्ड मेकानीकल इन्जिनियरीङमा विद्यावारीधि गरेका हुन् ।

पोखराको कास्कीकोटमा जन्मेका उनले पोखराको स्टेवाइस्टेब बोडिङबाट एसएलसि पास गरेका थिए । युवा रेडक्रस संकल पोखरामा सक्रिय रहेका सुबेदी पछि छात्रबृत्तिमा कोरियामा अध्ययनको अवसर पाएका थिए ।

शुक्रबार मात्रै विद्यावारीधिको उपाधि पाएका उनी अहिले कोरियामा नै जागिर खाएका छन् । उनी केही समय कोरियामा जागिर खाएपछि नेपाल आएर त्यही क्षेत्रमा काम गर्ने बताए ।

कमेन्टहरु
Loading...