नोभा दही ‘बिग तीज, बिग धमाका’ हुने

पोखरा, २ भदौं/हरेक चाडपर्व होस् या नयाँ वर्ष । जहिल्यै रेडियो ईभेन्टमार्फत स्रोतासँग नजिकिने पोखराको बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो सञ्चालन गर्ने भएको छ ।

इभेन्ट, प्रोग्राम र न्यूज । तीन पक्ष सबल बनाउँदै यस प्रदेशकै सर्वोत्कृष्ट बनेको रेडियोले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिस्टेल डेरी प्रालिको उत्पादन नोभा दहीसँगको सहकार्यमा यस पटक पनि रेडियो गेम शोलाई निरन्तरता दिएको हो । भदौ १३ गतेदेखि सञ्चालन हुने रेडियो गेम शो भदौ १५ गतेसम्म तीन दिन चल्नेछ ।

‘नोभा दही बिग तीज, बिग धमाका’ रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । रेडियो गेम शो अन्तरगत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । रेडियोमा विभिन्न समयमा प्रश्न बज्नेछन् र गेम शोमा सहभागी हुन सोहि प्रश्नको सही उत्तर एसएमएसमार्फत दिनुपर्नेछ । वा, रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्न मुन्तिर कमेन्टमा सही उत्तर लेख्नुपर्नेछ ।

नोभा दही बिग तीज, बिग धमाकामा हरेक दिनको विजेता राति ८ः३० बजेको कार्यक्रममार्फत छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ । एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम लेखी सही उत्तर ए वा बी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ ।

सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।

तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने कार्यक्रम संयोजक शंकर तिवारीले बताए । नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए ।

नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए । नोभा दहीले विगत ३ वर्षदेखि हरेक तीजमा यो इभेण्टमा सहकार्य गर्दै आएको छ ।

कमेन्टहरु
Loading...