भूकम्पको स्मृतीमा अन्तरक्रिया

पोखरा, १२ वैशाख / भुकंप स्मृती दिवसको सन्दर्भमा जिल्ला समन्यव समिति कास्की र राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यान्वयन तथा जिल्लाा आयोजना कार्यान्वयन ईकाईले विहिवार कास्कीमा दोस्रो चौमासिक समीक्षा एवं अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।

भूकंप पछि पुननिर्माण गरिएको भूकंप प्रतिरोधात्मक स्कूल लक्ष्मी मावी पोखरा –२६ को भवन उद्घाटन पश्चात उक्त कार्यक्रम आयोजना गरिएको थियो । विसं २०७२ वैशाख १२ गते विनासकारी भुकम्प गएको ११ वजे र ५६ मिनेटमा सुरु भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढा, कास्कीमा रहेका गाउपालीकाका अध्यक्ष तथा प्रसासकीय अधिकृत, पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी, संचारकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर क्षेत्रीले पुननिर्माणका लागी निर्माण कम्पनीले स्थानीय स्रोत साधनलाई सहज रुपमा उपलव्ध हुने गरी सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गरे । उनले राज्यको पैसा दुरुपयोग नहुनेगरी जनताको गुनासो संकलन गरेर छुटेका पीडितलाई समेत समावेश गरिने वताए ।

नीजि आवास पुननिर्माणतर्फ कास्कीमा ६०२६ जना लाभग्राहीमध्य ५ हजार ६२० जनाले पहिलो किस्ता, २ हजार ३३४ जनाले दोसो किस्ता र ३ सय ३७ जनाले मात्र तेस्रो किस्ता प्राप्त गरेका छन् भने ३४ वटा विद्यालय पुननिर्माण भएका छन् । चार वर्ष अघि गोर्खाको वारपाक केन्द्रविन्दु भएर गएको गएको भूकंप तथा त्यस्को पराकम्पवाट नौ हजार जनाले ज्यान गुमाउनुका साथैएक लाख भन्दा वढी घाईते ह्ुनपगे । खरवौ रुपयाको भौतीक क्षती हुन पुगेको थियो ।

कमेन्टहरु
Loading...