पोखराको भाटभटेनीमा रोकिराखेको कारमा आगलागी

पोखरा, २ साउन /पोखराको न्यूरोडमा रहेको भाटभटेनीको पाकिङमा रोकिराखेको कारमा आगलागी भएको छ । अण्डरग्राउण्ड पार्किङ गरेर शपिङ गर्न गएको बेला आगलागी भएको हो ।

बा ८ च १०४० नम्बरको गाडीमा आगलागी भएको हो । गाडीभित्रको ब्याट्री शर्ट भएर आगो भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

गाडीको अगाडीको भाग जलेको छ भने अरु सामान्य छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...