वातावरण दिवसमा चापाकोटमा डस्बीन वितरण

पोखरा, २२ जेठ/वातावरण दिवसको अवसर पारी कास्कीको चापाकोट गाविसमा डस्बीन वितरण तथा सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । चापाकोट गाविस युवा सञ्जाल चापाकोट गाविसको आयोजनामा भएको कार्यक्रममा गाविसका विभिन्न वडा तथा विद्यालयलाई डस्बीन वितरण गरेको हो ।

कार्यक्रममा समाज सेवी नरकाजी गुरुङले वातावरणलाई राम्रो बनाइ राख्नलाई युवाहरु सक्रिय हुनु पर्ने बताए । उनले मानिसको जिवन र वातावरण एक अर्काका परिपुरक भएको भन्दै वातावरणलाई जोगाइ राख्नु पर्ने बताए । सिद्ध बराहा उच्च माविका शिक्षक ध्रुर्व भण्डारीले विद्यालय तहबाट नै युवालाई वातावरणका बारेमा जानकारी दिनु आवश्यक रहेको बताए ।

रुख विरुवा नासिदै जादा बाढि पहिरोको खतरा हुने भएकाले जोगाउन युवा लाग्नु पर्ने बताए । चापाकोट गाविस युवा सञ्जालका अध्यक्ष शिव घलेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सन्दिप पराजुली, विशाल पराजुली लगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विसाल पराजुली र नाराणय पराजुलीले वातावरण सचेतना सम्बन्धी प्रहसन गरेका थिए भने विभिन्न कलाकारले सास्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...