बसुन्धरा पार्कलाई हरियाली पार्क बनाउन बीस करोडको योजना, सोमबार देखी काम सुरु

सागर राज तिमिल्सिना
पोखरा, ८ जेठ/पोखराको फेवातालसँगै जोडिएको बसुन्धरा पार्कलाई पोखराको नै व्यवस्थीत र आक्रर्षक पार्क बनाउने योजना शुरु भएको छ । करिब २० करोडको लागत योजनमा यो पार्क निर्माण गर्ने थालिएको हो । शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागको योजनामा ५ बर्षमा सक्ने गरी यो पार्कको निर्माण शुरु गरेको हो ।

आर्थिक वर्ष २०७४/२०७५ मा पार्क निर्माणका लागि ५० लाख रुपैया मन्त्रालयले छुट्याएको छ । यो रकमले पार्कको पूर्व तर्फको पर्खाल लगाउने बसुन्धरा कोमागाने पार्क संरक्षण समितिका अध्यक्ष दलबहादुर केसीले जानकारी दिए । उनले यस वर्षको रकमबाट पूर्व तर्फको २ सय ५१ मिटर पर्खाल निर्माणको काम शुरु भइसको बताए । ‘पार्क निर्माणका लागि पर्खाल निर्माणका काम शुरु भई सकेको छ,’ अध्यक्ष केसीले भने —‘सोमबार देखी पर्खाल निर्माणको काम शुरु भएको छ, पाचँ वर्ष भित्र पार्क पुर्ण रुपमा निर्माण गर्ने सरकारको लक्ष्य छ ।’

पार्कलाई तिन चरण गरी निर्माण गरीने बसुन्धरा कोमागाने पार्क संरक्षण समितिका उपाध्यक्ष नरेश भट्टराईले जानकारी दिए । उनले तीन वटा गेट, शौचालय, टिकट काउन्टर, गार्ड हाउस, ढुङ्गे धारा, बाल उद्धान, रक गार्डेन, रेष्टुरेण्ट, पोखरी निर्माण गरीने बताए । सानो र ठुलो बाटो गरी करिब १ किलोमिटरको बाटो हुनेछ ।

बसुन्धरा पार्कलाई हरियाली पार्क बनाउन बीस करोडको योजना, सोमबार देखी काम सुरु
बसुन्धरा पार्कलाई हरियाली पार्क बनाउन बीस करोडको योजना, सोमबार देखी काम सुरु

प्राकृती रुपमा अहिले बसुन्धरा पार्कमा निस्कने पानीलाई प्राकृतीक रुपमा आउने दिने र फेवातालमा मिसाउने गरी योजना बनाएको उपाध्यक्ष भट्टराईले बताए । उनले अहिले भएका रुखहरुलाई त्यस्तै नै राखीने र नयाँ सदाबहार रुखहरु पनि रोपेर हरियाली पार्क निर्माण गर्ने योजनामा रहेको सुनाए । करिब २ सय जना क्षमताको रेष्टुरेण्ट ठाउँ ठाउँमा बस्नका लागि कुर्चीहरु, सवारी साधन राख्नका लागि पार्किङको व्यवस्था, बालबालिका र बृद्धबृद्धालाई उपयुक्त हुने गरी बस्ने स्थानको समेत व्यवास्था हुने उनले बताए ।

फेवाताल संरक्षणका लागि सरकारले २०३८ सालमा १ सय ८ रोपनी जमिन अधिग्रहण गरेको थियो । त्यसयता बसुन्धरा पार्कबाट केबुलकार निर्माण गर्न निजी क्षेत्रलाई दिने सरकार निर्णय विरुद्ध स्थानी सर्वच्च अदालत सम्म पुगेका थिए । अदालतले बसुन्धरा पार्कलाई पार्ककै रुपमा विकास गर्न सरकारलाई आदेश दिएको छ ।

२०३८ साल पहिले सम्म मूलाको खेत भनेर चिनीने अहिलेको बसुन्धरा पार्क भएको जग्गा ब्यक्तिको नाम थियो । तत्कालिन सरकारले २०३८ सालमा फेवा ताल जोगाउँने र त्यस जग्गामा विशाल हरियाली पार्क निमार्ण गर्ने भनेर मूलाको खेतलाई अधिग्रहन गरेको थियो । तत्कालिन राजपरिवारका सदस्यको नाममा २०५२ सालमा बसुन्धारा पार्कको रुपमा नामाङकन गरिएको थियो ।

कमेन्टहरु
Loading...