बलात्कारीलाई सर्वोस्व सहित आजिवन कारावास हुनुपर्ने–सांसद पहारी

पोखरा, २० असोज / गण्डकी प्रदेशका साँसद राजिव पहारीले बलात्कारीलाई सर्वोस्व सहित आजिवन कारावास सजायँको व्यवस्था हुनुपर्ने

बताएका छन् । लेकसाइड डोजाङ्गद्वारा पोखरामा आयोजित आत्मरक्षा सम्बन्धि एक महिने निःशुल्क तालिमको समापनका अवसरमा

पहारीले बलात्कारीलाई कडा कारवाहीको नियम नबनाएसम्म अपराधिहरु सक्रिय भइरहने बताए । उनले पछिल्लो समय समाजमा

हिंसात्मक घटना बढ्दै उल्लेख गरे । दिनहुँ जसो भइरहेका बलात्कारका घटना सामाजिक अपराध भएको भन्दै यसमा सरकारलाई

दोष लगाइरहन उचित नहुने तर्क प्रस्तुत गरे ।

सोही अवसरमा साँसद पहारीले तालिम सम्पन्न गरेका सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सामुदायिक

सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराईले महिलाहरुलाई दिइने आत्मरक्षा सम्बन्धि तालिमले महिलाहरु

आफुमाथि हुने अपराधबाट जोगिन सहयोगी हुने बताइन् । उनले यस्तो तालिम ठाउँ ठाउँमा सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।

डोजाङ्ग प्रमुख प्रितम कुँवरको अध्यक्षतमा भएको कार्यक्रम तेक्वान्डोका अग्रज खेलाडी राजन पौडेलले सञ्चालन गरेका थिए ।

सो अवसरमा डोजाङ्गमा सहभागि विद्यार्थीहरुले आत्मरक्षा सम्बन्धि प्रस्तुती गरेका थिए भने डोजाङ्गका नियमित विद्यार्थीको

पेटी परिक्षा पनि गरिएको थियो । सोही समारोहविच डोजाङ्गका विद्यार्थीहरुका लागि दिइएको तीन महिने ज्यामनाष्टिक तालिममा

समापन गरिएको थियो । प्रदिप परियारले उक्त तालिम प्रदान गरेका थिए । तालिममा विभिन्न विद्यालका झण्डै ९० विद्यार्थी सहभागि थिए ।

कमेन्टहरु
Loading...