बालिका बलात्कार प्रयास आरोपमा कास्कीमा एक व्यक्ती पक्राउ

पोखरा, २ जेठ / कास्की प्रहरीले १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मादी गाउँपालिका–८ नागीधारका ६० वर्षीय खुसबहादुर गुरुङ बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

वैशाख २ मा बालिकाको घरमा कोही नभएको बेला गुरुङले बलात्कार प्रयास गरेको बालिकाका आफन्तको उजुरीमा पक्राउ गरेको हो ।

घटना भएको केही दिनपछि मात्रै गुरुङले आफूलाई बलात्कार प्रयास गरेको बालिकाले बताएकी थिइन् । घटनालाई गाउँमै मिलाउन दबाव दिइएको बालिकाका अभिभावक बताए ।

कमेन्टहरु
Loading...