बागलुङ समाजद्धारा तीन महिला सम्मानित

पोखरा, ७ भदौं/ बागलुङ समाज पोखराले हरितालिका तीजको अवसरमा विभिन्न क्षेत्रका तीन महिलालाई सम्मान गरेको छ ।

शनिबार बागलुङ समाज पोखराद्धारा आयोजित शुभकामना आदान प्रदान कार्याक्रमम बागलुङमा जन्मिएर पोखरामा कर्म गरेर सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल तीन महिलालाइ समाजले सम्मान गरेको हो ।

सम्मानीत हुनेहरुमा गण्डकी प्रदेश नीति तथा कार्यक्रमका सदस्य डा. भिमा ढुंगाना, सञ्चारिका समुह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा र पोखरा महानगपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले सम्मान पत्र र दोसल्लासहित सम्मान गरेकी हुन् ।

सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य पीयारी थापाले तीज पर्वको अवसरमा बागलुङे चेलीहरुको सामाजिक योगदानको मुल्याकंन गरी सम्मान गर्नु निकै सकारात्मक भएको बताइन् । उनले परिवर्तित समय सँग पर्वहरु मान्ने र मनाउने परिपाटि बदलिएको भन्दै पर्वको ऐतिहासिक सांस्कृतिक एवं सामाजिक महत्वलाई जोगाएर पर्व मनाउनु पर्ने धारणा राखिन् ।

अर्का प्रदेश सभा सदस्य कोपिला बोहोराले सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै पर्व मनाउनु पर्ने धारणा राखिन् ।  वडा न. ८ का वडा अध्यक्ष रुद्र बरालले तीज चेलिबेटिको जमघट र आत्मियता साटासाट गर्ने विशेष पर्व भएको बताए । उनले पर्वको सकारात्मक पक्षलाई ग्रहण गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।

समाजका पूर्व अध्यक्ष अमृतलाल श्रेष्ठ, बागलुङ समाज वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला गिरी , वैदाम प्रहरीका प्रहरी निरिक्षक विजय भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका सम्मानित व्यत्तित्वहरुले सम्मानले माइती ठाउँको मायालाई झनै प्रगाढ बनाउँदै कर्मप्रति थप लगनशिल हुन प्रेरित गरेको बताए ।

कार्यक्रममा बागलुड समाजका आजिवन सदस्य स्व.प्रेम प्रसाद सापाकोटा स्मृती पुरस्कारबाट एसइइमा परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आजीवन सदस्यका छोराछोरी मध्ये एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल मनोज श्रीस र विनिता पुनलाई नगद सहित सम्मान गरिएको थियो । उनीहरुलाई पुरस्कारका संरक्षक रीता सापकोटाले नगद प्रदान गरीन् ।

समाजका अध्यक्ष कुलचन्द्र शर्माले बागलुङे चेलिको कर्मले बागलुङको पहिचानलाई अझै उचाइ दिएको बताए । सम्मान कार्यलाई आगामी दिनमा निरन्तरता दिदै सामाजिक उत्तरदायित्व बहन गरेर समाज अगाडि बढ्ने बताए ।

समाजका सचिव डिल्लिप्रसाद शर्माले संचालन गरेको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल पाण्डे र कार्यक्रम संयोजक वर्ण वन्तले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम पश्चात बागलुङ समाजमा आवद्ध झण्डै ८ सय दिदिबहिनीहरु दर खाएर नाचगान गरेर रमाएका थिए ।

कमेन्टहरु
Loading...