CAN

गाडी चढेर औलो पहाड र हिमालमा, पोखरा अझै औलोको प्रकोप

121

पोखरा, १३ वैशाख/तीन दशक अघिसम्म पोखरा औलोको प्रकोप हुने ठाउँ हो । सम्पत्ति भएकाहरुले पोखरालाई धानखाने खेतका रुपमा मात्रै प्रयोग गर्थे । बसाइँ चाहीँ डाँडाकाँडामा हुन्थ्यो । पछिल्लो समय विस्तारै वस्ती बस्दै गयो । स्वास्थ्यप्रति नागरिक सचेत भए। अहिले प्रकोपका रुपमा औलोछैन। तर, पोखरा अझै पनि औलोका लागि जोखिमको ठाउँ हो।

गएको फागुन सम्म साविक लेखनाथ नगरपालिकामा आठ जनालाई औलोअर्थात मलेरिया रोग लागेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग तथ्यांक छ। लेखनाथको ८, ९, १४, १६ र १७ नम्बर वडामा औलो रोग पोजिटिभ देखिएको हो। यसअघि पनि कास्कीमा औलोको रोग निरन्तर देखिएको छ तर विगत पाँच वर्षयता औलोबाट मृत्यु भने नभएको जिल्ला जनस्वास्थ्य प्रशासक दिनेशकुमार चापागाईँले बताए। पश्चिमाञ्चललाई अध्ययन गर्दा कास्की चौंथो जोखिमको क्षेत्र हो।

सबैभन्दा बढी रुपन्देहीमा एक सय ५३ जनालाई औलो रोग देखियो। कपिलबस्तुमा ३० र पाल्पामा १७ जना औलो रोगी थिए। त्यसपछि कास्कीमा जोखिम छ। हिमाली क्षेत्र भएकाले मनाङ र मुस्ताङमा हालसम्म औलो रोगी नभेटिएको कार्यालयले जनाएको छ। तर, बढ्दो सहरीकरण रयातायात पहुँचका कारण औलोरोग हिमालसम्मै पुगिसकेको छ। पश्चिमका बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङ लगायतका जिल्ला तुलनात्मक रुपमा कम जोखिमका छन्। गोरखा, गुल्मी, नवलपरासी लगायत जिल्लामा पनि औलोको रोग उत्तिकै देखिन्छ। पश्चिमाञ्चलका सबै जिल्लामा दुईसय ३५ जनामा औलो रोग पोजिटिभ देखिएको छ।

यो जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको तथ्यांकमात्रै हो। यसबाहेक पनि औलो रोगी हुन सक्नेकार्यालयले जनाएको छ। ‘पहिले सरकारसँग पर्याप्त श्रोतसाधन थिएन, सबै जिल्लामा अस्पताल पनि थिएनन्। त्यसैलेऔलो निको नहुने महामारीको रुपमा थियो’–क्षेत्रीय निर्देशक तारानाथ पौडेलले भने–‘अब यो रोगको रिक्स मध्यम छ। तर, नेक्लिजेन्स गर्ने भनेअझै पनि घातक रोगको रुपमा लिन सकिन्छ।’पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट औलो लाग्छ । उनले पछिल्लो समय पहाड र हिमालमा समेत यो रोगको जोखिम बढेको बताए । उनले गाडी  चढेर रोगका किटाणुहरु पहाड र हिमाल तिर लागेका छन् । यो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिमा पर्ने चिकित्सक बताउँछन्।

नेपालमा प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स नामकोऔलो भेटिन्छ। सरकारले सन् २०१८ सम्ममा नेपालका अति औलो प्रभावित क्षेत्रका कम्तिमा ९० प्रतिशत ठाउँमा लामखुट्टे नियन्त्रणको काम गरिरहेको छ भने सन् २०२६ सम्ममा औलोमुक्त नेपालको दूरगामी लक्ष्यको परिकल्पना गरी विभिन्न अभियानमुखी कार्यक्रम सञ्चालन गर्दैआएको छ। ‘योजनाअनुसार औलोप्रभावित क्षेत्रहरूलाई सूक्ष्मीकरण गरी जोखिमका आधारमा वर्गीकरण गरिनेछ’–पौडेल भन्छन्–‘त्यसपछि आवश्यक उपचारमा जोडबल गरिने छ । सरकारको लक्ष्य तोकिएकैसमयमा पूरा हुन्छ।’ पहिलोपटक सन् १९५७ मा ‘औलो उन्मूलन कार्यक्रम’ सञ्चालन गरिएको थियो।

औलोबाट कसरी जोगिने ?

नियमित ज्वरो आएपछि औलोको शंका गर्नुपर्छ। धेरै समय बितिसकेपछि फियोको आकार वृद्धि हुन सक्छ। शरीरमा रगतको कमी भई फुस्रो देखिन सक्छ। एक्कासी जीउ चिसो हुनु र यसको केही क्षण पछि कम्पन्न शुरु हुन्छ। साथै प्लाजमोडियम फाल्सिपेरम जातको औलोले मस्तिष्कमा असरगर्ने हुनाले मानिस बेहोश हुनेर समयमा उपचार गरिएन भने मृत्यु समेत हुन सक्छ।

औलोको शंका लागेपछि तुरुन्त उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्छ। स्वास्थ्य कार्यकर्ताको सल्लाहअनुसार औषधि खानुपर्छ। औलो रोगको जाँच तथा औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ। लामखुट्टेको टोकाइबाट बँच्न झुलभित्र सुत्ने, लामखुट्टे हुर्कनेठाउँ कम गर्न पानी जम्ने ठाउँहरु पुर्ने, लामखुट्टेको लार्भा नाश गर्ने रऔलोको विषयमा जनचेतना जगाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ। घरकोझ्याल ढोकामा जालीको प्रयोग गर्नुपर्छ भने लामो बाहुला भएकोलुगा लगाइयो भने पनि केही हदसम्म जोगिन सकिन्छ।