अष्टे«लिया र पोखराका फोटो पत्रकारबीच अनुभव आदानप्रदान

पोखरा, ८ माघ/ पोखराका फोटो पत्रकार र अष्टे«लियाका फोटो पत्रकारबीच फोटो पत्रकारिताबारे अनुभव आदानप्रदान भएको छ ।

पोखरा घुम्न आएको अष्टे«लियन टोलीको स्वागतमा नेपाल फोटो पत्रकार संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको छलफलमा दुई देशको फोटो पत्रकारिताको अवस्था र चुनौतीबारे छलफल सहित अनुभव आदानप्रदान भएको हो ।

उनीहरुले पोखराको विभिन्न ठाउँको भ्रमणको क्रममा खिचेका तस्वीर अष्टे«लियामा पुगी आ–आफ्नो संचारमाध्यममा स्थान दिने बताए । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्दै आफ्ना नागरिकलाई नेपाल घुम्न जान प्रेरित गर्ने जेसिका पविनले जनाइन् ।

कार्यक्रम अवसरमा उनले पोखरा घुम्दा आफूलाई निकै राम्रो लागेको र यहाँका तस्वीर संकलन गरेको बताइन् । अर्का फोटो पत्रकार चन्तल रोवर्टस्ले भोलिका दिनमा दुई देशबीचका फोटो पत्रकारबीच फोटो र प्रविधिबारे छलफल गर्ने बताइन् ।

नेपाल फोटो पत्रकार संघ कास्की अध्यक्ष प्रदीप पौडेलले यसप्रकारको कार्यक्रमले क्यामरासँगै विकसित प्रविधिबारे बुझ्न सहज भएको बताए । नेपाल फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष राम गुरुङले फोटोको महत्व जहाँ तही रहेको बताए ।

महासंघ गण्डकी सचिव कृष्णमणि बरालले नेपालका फोटो पत्रकारिताबारे समस्या र चुनौतीबारे बोलेका थिए ।  पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अशोक पालिखेले व्यवस्थापन गरेको कार्यक्रममा संघ कास्कीका सल्लाहकार सुदर्शन रञ्जित, उपाध्यक्ष नारायण आचार्य, सचिव दुर्गाप्रसाद पौडेल, सहसचिव उमेश पुन, कोषाध्यक्ष सुरज श्रेष्ठ लगायत बोलेका थिए ।

अष्टे«लियाबाट २ साताअघि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी २२ सदस्यीय टोली नेपाल आएको थियो । टोलीले बन्दीपुरमा हेल्थ क्याम्प, पोखराका स्कूलमा स्टेशनरी सामान वितरण गरेको थियो । सो क्रममा टोलीले फेवाताल, बेगनास, सराङकोट लगायत यहाँका पर्यटकीयस्थलको अवलोकन गरेको हो ।

कमेन्टहरु
Loading...