प्रकोप अबलोकनको लागि अर्मला जानेलाई साबधानी अपनाउन आग्रह

गोकुल बानियाँ /पोखरा ४ पुष । एक महिना देखि निरन्तर जमिन भासिएको प्रकोपग्रस्त क्षेत्र अर्मलामा अबलोकनको लागि जानेहरुलाई साबधानी अपनाउन स्थानिय प्रशासनले आग्रह गरेको छ । अर्मला –१ ठुलीबेसी फाटमा जमिन भासिएर एक महिनाको अबधिमा झण्डै सय भ्वाङ परेपछि अबलोकनको लागि दैनिक सयौ मानिसहरु पुग्ने गरेका छन् ।

प्रभाबित स्थल पर्यटकिय क्षेत्र जस्तै बनेको छ । प्रकोप अबलोकनको लागि पोखरासंगै,कास्कीका अन्य गाबिसहरु, छिमेकी जिल्ला स्याङजा, तनहु, पर्बत देखि सर्बसाधारण पुग्ने गरेका छन् । पोखरा घुम्न आएका पर्यटक पनि अर्मलाको प्रकोप हेर्न पुगेको स्थानियले बताएका छन् । प्रकोप अबलोकनको लागि जानेहरुको भिड अत्याधिक भएपछि सो क्षेत्र जोखिम युक्त रहेको भन्दै सतर्कता अपनाउन सर्बसाधारणलाई आग्रह गरिएको हो ।
armala 2मंगलार स्थलगत अबलोकनको लागि पुगेका सरकारका मुख्य सचिब लिलामणी पौडेलले प्रभाबित क्षेत्रको अबलोकनमा आउनेहरुलाई रोक लगाउन स्थानिय प्रशासनलाई निर्देशन दिएका थिए । प्रभाबित क्षेत्रको अबलोकनमै रोक लगाउन सक्ने अबस्था नरहेकाले अबलोकनको लागि जाने आफैले साबधानी अपनाउनुपर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले बताए ।

कमजोर भू–धरातलको कारण प्रभाबित क्षेत्रभित्र जहा जतिबेला पनि जमिन भासिन सक्ने भएकाले सो क्षेत्रमा अबलोकनको लागि नजादा उपयुक्त हुने कोईरालाले बताएका छन् । सकेसम्म प्रभाबित क्षेत्रभित्र नजान र गएपनि साबधानी अपनाउन उनले आग्रह गरेका छन् । प्रकोप प्रभाबित क्षेत्रको बाटो हुदै अन्यत्र जानेहरु पनि हुने भएकाले पूर्ण रुपमा रोक लगाउन सक्ने अबस्था भने नरहेको कोईरालाले बताएका छन् । गत मंसिर ३ दे िखजारी जमिन भासिने क्रम अझै रोकिएको छैन । नया भ्वाङ पर्ने क्रम जारी छ भने पुराना भ्वाङको आकार पनि बढ्दै गएपछि स्थानिय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
Armala 4
यसैबिच प्रकोप अध्ययनको लागि सरकारद्धारा गठित उच्चस्तरिय बिशेषज्ञ टोलिले स्थलगत अध्ययनको काम जारी राखेको छ । प्रकोपको कारण, भ्वाङ परेका स्थानलाई सम्याउने उपाय, तत्काल सरकारलाई दिने सुझाब र दिर्घकालिन समाधानको उपाय लगायतको बिषय समेटेर रिपोर्ट तयार पर्ने काम जारी रहेको टोलिका एक सदस्यले बताएका छन् । प्रकोप ग्रस्त क्षेत्रको माटो परिक्षण देखि , पानीको ब्यबस्थापन, संगै रहेको काली खोलाको ब्यबस्थापन लगायतका सुश्म अध्ययन भैरहेको सरकारी बिशेषज्ञ टोलिका सदस्य सचिब एबं कास्कीका स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेलले बताए ।

प्रकोप अध्ययनको लागि गत मंसिर २४ गते गृह मन्त्रालयले गठन गरेको बिषेशज्ञ सहितको ७ सदस्यिय समितिले एक महिना सम्म स्थलगत अध्ययन अनुगमन गरी आबश्यक काम कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ । समितिको सिफारिसको आधारमा सरकारले अर्मलाको प्रकोप ब्यबस्थापनको लागि कार्ययोजना बनाउने सरकारका मुख्य सचिब लिलामणी पौडेलले बताएका छन् ।

समितिलाई प्रभाबित क्षेत्रमा तत्काल गर्नुपर्ने रोकथाम एबं अल्पिकरणका उपायहरु सिफारिस गर्न र जोखिमका क्षेत्रहरु पहिचान गरी सो क्षेत्रमा निषेध गर्नुपर्ने कार्यहरुको साथै प्रबिधि अध्ययन गरी तत्काल गर्नुपर्ने कार्यहरुको बिस्तृत रुपमा परिक्षण गर्नको लागि सिफारिस गर्न भनिएको छ । बिज्ञले दिएको सुझाबको आधारमा स्थानिय निकायले यसअघिनै प्रभाबित क्षेत्रमा स्थायी भौतिक संरचना निर्माणमा रोक लगाईसकेको छ । अर्मला– १ ठुलीबेशी फाटका ५० भन्दा बढी घरपरिवार प्रकोपबाट पिडित प्रंभाबित भएका छन् ।

कमेन्टहरु
Loading...