पोखरा २२ आर्वाविजय उपशाखाको साधारण सभामा भवन शिलान्यास

पोखरा, ६ फागुन/नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत गठित नेपाल रेडक्रस सोसाइटी पोखरा ( २२ आर्वाविजय उपशाखाको साधारण सभा कसेयारी खहरेमा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुंगानाले रेडक्रस मानवीय अभियान भएकोले सबैको सहयोग प्राप्त भई विपद न्युनिकरणमा अगाडी वढेको बताउनुभयो । उहाँले भवन निर्माण गरी मानवीय कार्य अगाडी वढाउन अझ सजिलो हुने हुनाले आर्वाविजय उपशाखलाई तत्कालै भवन निर्माण सम्पन्न गर्न सुझाव दिनुभयो ।

साधारण सभामा गत बर्षको आय–व्यय विवरण र आगामी बर्षको लागि प्रस्तावित आय व्यय विवरण उपशाखाका कोषाध्यक्ष कोपिला बरालले प्रस्तुत गर्नुभएको थियो । यसै गरी गतबर्षको प्रगति प्रतिवेदन र आगामी बर्षमा गरिने कार्यक्रमको विवरण उपशाखाका सहसचिव विष्णु प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...