पोखराको अन्नपूर्ण केवलकारको ९५ प्रतिशत काम सम्पन्न, भाडादर पनि निर्धारण

पोखरा, २० वैशाख/ लकडाउनका बेला पनि पोखरामा निर्माण भईरहेको केवलकारको काम धमाधम भईरहेको कम्पनीले जनाएको छ । केवलकार पोखरा १८ सेदी देखी चढेर सराङकोटमा पुग्न सकिने केवलकार निर्माता अन्नपुर्ण केवलकार प्रालि अध्यक्ष कालु गुरुङले जानकारी दिए । केवलकार निर्माणका काम प्रालिले २०७४ साल माघदेखि कामको थालेको थियो ।

अहिले सम्म ९५ प्रतिशत काम सकि सकेको उनले बताए । मुख्य स्टेशनको काम अन्तिम चरणमा छ । १८ टावर जडान भइसेका छन् । जापानीज प्राविधिकले तार जोड्नका लागि आवश्यक काम सकि सकेका छन् । लकडाउन खुल्दा साथ जापानबाट प्राविधिकहरु आए पछि तार तान्ने काम आगडी बढ्ने बताए ।

जापानस्थित निपोन कम्पनीका सामानहरु केवलकारमा प्रयोग भएका छन् । अन्नपूर्ण केवलकार पोखरा महानगरपालि १८ सेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको हुने छ । केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले गरेको छ । सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा रोकिने छ ।

तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । १८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छ । प्रत्येक डिब्बा आठजना यात्रुको क्षमताको हुने उनले सुनाए । केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्ने छन् । केवलकारको लागत करिब १ अर्ब ५० करोड रुपैयाँ लाग्ने उनले बताए । लकडाउनले गर्दा खर्च अझ बढाएको उनको भनाई छ ।

अन्नपुर्ण केबलकार
अन्नपुर्ण केबलकार

तल्लो र माथिल्लो स्टेशनमा गरि ५० जना मजदुरहरु निर्माणको काम गरिरहेको उनको भनाई छ । अहिले सम्म गोण्डला हालेर सञ्चालनमा आइसक्ने थियो तर लकडाउनेले विदेशी प्राविधिक आउन सकेका छैनन् । अन्तरष्ट्रिय उडान शुृरु हुने वित्तिकै प्राविधि आएपछि तार तानेर सञ्चालनको हुने बताए । उनले अन्नपूर्ण केवुलकारले भाडादर पनि तय गरिसकेको बताए ।

गुरुङका अनुसार स्वदेशी पर्यटकलाई ६ सय, सार्क राष्ट्रका पर्यटकलाई ७ सय र अन्य देशका पर्यटकका लागि ८ सय भाडादर कायम गरेको बताए । केवलकार संचालनपछि सेदी बगरबाट सराङकोट पुग्न जम्मा ९ मिनेट लाग्नेछ ।

केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो । केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुनेछ ।

कमेन्टहरु
Loading...