पोखराबाट बेपत्ता बालक अन्जान पराजुली भैरहवामा भेटिए

पोखरा, ८ साउन /आइतबार पोखराबाट बेपत्ता बालक अन्जान पराजुली ३ दिनपछि भैरहवा बसपार्कमा भेटिएका छन् । मंगलबार साँझ करिब ८ बजे सकुशल भेटिएका हुन् । साथीको जन्मदिन मनाउन जान्छु भनेर हिँडेका पराजुली बेपत्ता भएपछि उनका आफ्न्त, प्रहरी र सामाजीक सञ्जालबाट खोजी भएको थियो ।

पोखराको स्टेप बाइ स्टेप बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययनरत १४ वर्षीय पराजुली जिरो किमिबाट हराइरहेकोमा आज साँझ ८ बजे भैरहवा बसपार्कबाट भेटिएको बाबु टीकाराम पराजुलीले जानकारी दिए । उनी अहिले उनकै बाबुसँग सकुशल छन् । उनी अर्को एक साथी सगँ भारत जान हिडेका थिए ।

उनले भैरहवा बसपार्कबाट पोखरामा आमालाई फोन हाने पछि उनको खोजीमा गएका बाबुहरु लिन गएका थिए । उनले आमालाई म सकुसल छु घर आउन लागेको छु खोजी गर्नु पर्दैन भनेर भनेका थिए । त्यस पछि बाबुहरु लिन गएको उनका बाबुले बताए । उनका एक जना साथी सगँ भारत जान भैरहवा गएको उनको भनाई छ ।

साथी पहिले पहिले पनि भारत जाने गरेको र सोही साथीले लिएर जानका लागेको उनको आफ्न्तको भनाई छ । अर्को साथी पढ्न छाडेर भारत आउने जाने काम गर्दै आएको बताएको छ ।

कमेन्टहरु
Loading...