अनाथ बालबालिका सहयोगार्थ, सिपोराको माया

पोखरा, २७ माघ/राष्ट्रिय महिला भलिवल खेलाडी, मिस नेपाल २०१३ को मिस ट्यालेण्ट उपाधि विजेता, घलेक द साइन अफ लभ चलचित्रका नायिक सिपोरा गुरुङले प्रणय दिवस फेव्रुअरी १४ अथवा फागुन २ गते शुक्रवार पोखरामा अनाथ बालबालिकाको सहयोगार्थ माया सांगितीक कार्यक्रम गर्ने भएको छ ।

लेकसाइडस्थित प्यारालञ्ज क्याफेमा बेलुका ५ बजेदेखि चर्चित गायक शिव परियार, हेम लामा, द कनेक्शन ब्याण्ड र डिजे सलिमको साथमा गरिने माया सांगितीक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सिपोरा गुरुङले जानकारी दिनुभयो ।सिपोरा गुरुङको माया : Sipora Gurung Charity Events for Orphans in Lakeside, Pokhara

सिपोरा गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै एकयुवा एवं पोखरेली चेलीको तर्फबाट सामाजिक एवं मानविय उत्तरदायित्व महसुस गरी अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न गइरहको र उक्त माया सांगितीक कार्यक्रममा सबैको साथ सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

बाबु आमा गुमाईसकेका, मायाबाट बञ्चित, अभिभावकत्व नपाएका अनाथ बालबालिकालाई माया प्रदान अथवा सहयोगार्थ नेपाल भलिबल संघको सहयोगमा अनाथ बालबालिका जस्लाई टुहुरा बालबालिकाहरु अपहेलित, अपमानित, असुरक्षित बन्न बाध्य भइरहेका छन् उनीहरुकै सहयोगार्थ कार्यक्रम गर्न गइरहेको गुरुङले विज्ञप्तिमा उल्लेख छ ।

प्रेम दिवसमै कार्यक्रम आयोजना गर्नुको कारण, प्रेम दिवसमा प्रणयमा हराउनु भन्दा अनाथलाई माया गर्नु साँचो अर्थमा प्रेम दिवसको सार्थकता रहने सन्देश दिन चाहेको र सबैले अनाथलाई माया गर्यौं, सहयोग गर्यौं भने उनीहरुमा भएका प्रतिभाबाट राष्ट्र निर्माणमा सहयोग पुग्छ भन्ने विश्वास रहेको गुरुङले बताउनुभयो ।

कमेन्टहरु
Loading...