तनहुको दुलेगौडामा खुल्यो एम्बुलेन्स कल सेन्टर

तनहु ४ पौष/तनहुको दुलेगौडा स्थित पुलचोकमा नेपालमानै पहिलो पटक एम्बुलेन्स कल सेन्टरको स्थापना भएको छ । नेपाल भर भएका एम्बुलेन्सहरुलाई एकत्रित गरेर सञ्चालन गर्नका लागी स्थापना गरिएको कल सेन्टरको बिहीबार भारतका प्रोस्रियट टेक्नो सिस्टमस प्रालिका म्यानेजिङ्ग डाईरेक्टर भी रङ्गनाथानले रिबन काटेर उद्घाटन गरे । ambulisnaसेन्टरको उद्घाटन गर्दै रङ्गनाथानले नेपालमानै पहिलो पटक स्थापना गरिएको एम्बुलेन्स कल सेन्टरले नेपालमा भइरहने विभिन्न दुर्घटनामा परेका ब्याक्तिहरुलाई छिट्टो भन्दा छिट्टो अस्पताल पु¥याउनका लागी सहज वातावरण निर्माण गर्ने वताए । उनले भने नेपालमा वढी मात्रामा सवारी दुर्घटनाहरु भइरहन्छन र त्यसमा परेका मानिसहरुलाई समयमानै अस्पताल पु¥याउन नसक्दा मानिसको ज्यान जान सक्छ यो कल सेन्टरको स्थापना पछि यसको कोड नम्बरमा फोन हानेपछि घटनास्थलको नजिक रहेको एम्बुलेन्सलाई खवर गर्नासाथ उपचारका लागी अस्पताल लैजान छिटो हुन्छ र मानिस मर्न सक्ने संभावना कम हुन्छ ।

त्यस्तै भारतका समाजसेवी जी कुण्डाले आफु नेपालमा १५ वर्ष सम्म विभिन्न समाजसेवाको काममा वसेको सिलसिलामा नेपालमा मानिसहरु समयमानै अस्पताल पु¥याउन नसक्दा मृत्यूको मुखमा पुग्नुपरेको वताउदै नेपालमा आफ्नो पहलमा भारत सरकार संग आग्रह गरी नेपालमानै पहिलो पटक एम्बुलेन्स प्रदान गरी सेवा दिएको संमरण गराउदै आफ्नो पहलमा एक वर्ष अगाडी तनहुको दुलेगौडामा पनि भारत सरकारको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरेको वताए ।

आफुहरुले प्रदान गरेको एम्बुलेन्स नेपालमा राम्रो र बिरामीलाई समयमानै उपलब्ध गराउनका लागी आफ्नो पहलमा नेपालको तनहुमा कल सेन्टरको स्थापना गर्न पाउदा निकै खुसी लागेको वताए । यसैबिच तनहुको दुलेगौडा पुल्चोकमा निर्माण हुन लागेको गौतम बुद्ध मेडिकल फाउण्डेशनको समेत बिहीबार नै शिलान्यास गरिएको छ । तनहु आसपासका मेडिकल अध्ययन गर्न  चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर स्थापना गर्न लागेके गौतम बुद्ध मेडिकल फाउण्डेशनको बिहीबारनै अमेरिकाका प्रोफेसर डाक्टर बालासुबर्मानियमले सिलान्यास गरे ।

फाउण्डेशनको सिलान्यास गर्दै डाक्टर  सुबर्मानियमले नेपाल अल्पबिकसित मुलुक भएकाले यहा मानिसहरुले बिरामी भएका ब्यातिmहरुले सहज रुपमा एम्बुलेन्स सेवा र अस्पताल पुग्न गाह्रो हुने भइरहेको अवस्थामा यो फाउण्डेशनले थप सहयोग पुग्ने वताए । कार्यक्रममा वोल्दै फाउण्डेशनका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले तनहुमा सुविधा सम्पन्न अस्पतालको अभाव भएकाले आफुले गौतम बुद्ध मेडिक फाउण्डेशन स्थापना गर्न लागको वताए । झण्डै ५ करोडको लागतमा निर्माण हुन लागेको अस्पताल २ सय रोपनी क्षेत्रफलमा आगामी तिन महिना भित्रमा सञ्चालनमा ल्याउने वताए ।

कमेन्टहरु
Loading...