पोखरा, २५ चैत/ पोखराका विभिन्न ठाउँबाट बिरामीले बोलाउँदा लिन नगएका पोखरा २ निजी अस्पतालका एम्बुलेन्सलाई कास्की प्रहरीले कारबाही गरेको छ ।
मेट्रो सिटी र फेवा सिटी अस्पतालबाट सञ्चालित ग१च ५४९२ र ग१च २७१४ नम्बरको एम्बुलेन्स र चालकलाई प्रहरीले कारबाही गरेको हो ।
चालकले सोमबार बिरामीलाई लिन बोलाउदा विभिन्न बहाना बनाएर सेवा दिन आनाकानी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जनाए ।
केसीले एम्बुलेन्स र चालक नियन्त्रणमा लिएर एक दिन राखी छाडेको बताए । कास्कीमा एम्बुलेन्स सेवा ४० वटा छन् ।
तर सबैजसोले ज्वरो आएका बिरामीलाई लिन जान अप्ठेरो मानेको सेवाग्राहीको गुनासो छ ।