एमाओवादी उमेद्वारको गाडीमा आगजनी

सागर राज तिमिल्सिना
पोखरा, २० कात्तिक/एमाओवादी उमेद्वार कास्की क्षेत्र नम्बर ३ का उमेद्वारले चुनावी प्रचारमा प्रयोग गर्दै आएको जिपमा आगजनी भएको छ । आज विहान ५ बजे हेम्जा गाविसको बास्कोटमा अज्ञात समुहले ग१च ३१०४ नम्बरको जिपमा आगजनी गरेका हुन् ।

पोखरको मासबारबाट हेम्जामा दुध लिनका लागी गएको जिपलाई बास्कोटमा सात आठ जनाको समुहमा आएका युुवाले आगजनी गरको प्रहरीले जानकारी दिएको छ । आगजनी पछि जिप तथा गाई फारमका सन्चालक जनक पराजुलीको मोइवल समेत खोसेर लगेको प्रहरीले जानकारी दिएका छ ।

विहान दुध ओसान प्रयोग हुने जिप दिऊसो चुनावी प्रचारमा प्रयोग हुदै आएको थियो । घटनमा नेकपा माओवादीको संलग्नता हुन सक्ने र उनिहरुको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख केदार रिजालले जानकारी दिए ।

कमेन्टहरु
Loading...