जन्ती बस दुर्घटनाहुँदा २९ घाइते, आठ गम्भिर

लम्जुङ २२ मंसिर । डुम्रे–वेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको पुर्कोट गाविस वडा नम्बर २, बडरेमा गएराति जन्ती बोकेको बस दुर्घटना हुदा २९ जना घाईते भएका छन् । चितवनबाट दुलही लिएर लमजुङ सदरमुकाम वेसीशहर जादै गरेको बस गएराति करिब १ बजे दुर्घटना हुँदा २९ जना घाईते भएका हुन् । घाईतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईतहरू गाउँशहर २ का ५२ बर्षिय पूर्णबहादुर परियार, १७ बर्षिय कृष्णबहादुर परियार, श्रीराम परियार, बर्ष १२ का निरज परियार, २४ का निशा परियार, ५० का डिनबहादुर परियार, लमजुङ भोटेओडार ८ का १६ बर्षिया रेणुका परियार र तनहुँ रुपाबोट ४ का ७० बर्षिय छविलाल परियारको चितवनका विभिन्न अस्पतालहरूमा उपचार भईरहेको छ ।

चितवनबाट जन्ती बोकेर वेसीशहरतर्फ आउँदै गरेको ग १ ख ४५१२ नम्बरको बस गएराति दुर्घटनामा परेको बाइसजाँगर प्रहरी चौकीका प्रमुख प्रहरी सहयाक निरीक्षक कविराज गुरुङले बताए । दुर्घटनामा परेर घाईते भएका २१ जनालाई लमजुङ जिल्ला सामुदायिक अस्पताल लगिएको थियो । घाइतेमध्ये पाँचजनाको अहिले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्टहरु
Loading...