आगोलागिबाट घाइते खत्रीको उपचार गर्ने बेलायतबाट सहयोग

पोखरा, ४ फागुन /कास्की जिल्लाको मादी गाउँपालिका १२ भगवतीटार पहिरे गाउँ निवासी सिमा खत्रीको उपचारको लागि बेलायत निवासी दिपक गुरुङको पहलमा संकलन गरीएको रकम बैसठ्ठी हजार नौ सय एक्काईस रुपैयाँ गुरुङले कान्ति बाल हस्पिटल काठमाडौमा पुगेर हस्तान्त्ररण गरेका छन् ।

पुस १६ गते शरीरमा अचानक आगोलागी भई गम्भीर घाइते भएकी सिमा खत्री हाल कान्ति बाल हस्पिटल काठमाडौमा उपचार गरिरहेकी छिन् । बम बहादुर खत्री र मिन कुमारी गुरुङ खत्रीकी ९ वर्षीय छोरी सिमा खत्रीको उपचारको लागी हाल रकम अभावको समस्या रहेको छ ।

उपचारार्थ अवस्थामा रहेकी सिमा खत्रीको लागि केही राहत होस् भन्ने हेतुले उनको परिवारको पिडालाई थोरै मात्रामा भएपनि मलमपट्टी लगाउन सकियोस् भन्ने मनसाय लिएर यो रकम सकंलन गरिएको गुरुङले बताए ।

छिमेकी पुरानो गाउँ बरालडाँडा घर भई पोखरा निवासी हाल बेलायतमा कार्यरत दिपक गुरुङको पहलमा बेलायत तथा अमेरिकामा कार्यरत नेपाली दाजुभाई तथा आफन्तहरुबाट आर्थिक सहयोग संकलन गरी अग्नि पीडित सिमा खत्रीका बाबा,आमालाई कान्तिबाल हस्पिटल काठमाडौमा नै पुगेर गुरुङ मार्फत बेलायतबाट संकलन गरी ल्याएको रकम नेपाली ६२ हजार ९ सय २१ रकम हस्तान्तरण गरेका हुन् ।

सिमा खत्रीको शरीरको करिव ४० प्रतिशत भाग आगोले पोलेर गम्भीर घाइते भएकी छन् । घाइते खत्री हाल कान्ति बाल हस्पिटल काठमाडौमा उपचार गर्देछिन् । घाइते खत्रीको उपचार खर्च अभाव भएको कारणले सामाजिक संजालमा सबै नेपालीहरुसंग सहयोगको अपिल गरीएको छ ।

कमेन्टहरु
Loading...