२१ औ पोखरा सडक महोत्सव शुरु, पोखरालाई आन्तिरक हवाईहव–पर्यटन मन्त्री भट्टराई

पोखरा, १२ पुस / संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरालाई आन्तिरक विमानस्थलको हव बनाउने बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको शनिबार उद्घाटन गर्दै भट्टराईले पोखरा विमानस्थललाई कसरी जोड्ने भन्ने विषयमा सोची रहेको बताए ।

‘२०२० मा विमानस्थलको निर्माणको काम सम्पन्न हुनेछ,’ मन्त्री भट्टराईले भने– ‘विदेशबाट समेत उडानका लागि सरकारले तयारी थालेको बताए ।’ उनले पोखरा विमानस्थललाई आन्तिरक विमानस्थलको हवको रुपमा समेत विकास गर्ने खोजेको बताए । उनले त्यसका लागि छिटै नै नेपालका विभिन्न ठाउँबाट पोखरामा हवाई सञ्जाल जोड्ने बताए । भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज पोखरा विमान उडाउने बताए । उनले पोखरामा पर्यटकीय पुर्वाधारहरु थप्दै जानुपर्ने बताए ।

पुर्वाधार निर्माणका लागि पोखरा महागरपालिका मयेर मानबहादुर जिसीलाई योजना बनाएर आउन आग्रह गरे । पोखरामा पार्क, साइकल लेन लगाएतका योजना बनाउ उनको सुझाब थियो । उनले फेवातालको ताल मुनिको जग्गा व्यक्तिको नाममा भएको लालपुर्जा कसरी हुन्छ भन्दै प्रश्न गरे । मन्त्री भट्टराईले प्राकृतिको थिचो मिचोले मानिसको सभ्यता खतरामा पर्ने बताए ।

मन्त्री भट्टराईले पोखराको रत्नमन्दिर र हिमा गृहलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सरकारले नेपाल ट्रस्टको कार्यालयलाई पत्राचार गरिसकेको बताए । उनले रत्नमन्दिर र हिमा गृहलाई लिज दिने नभई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताए । मन्त्री भट्टराईले पर्यटन विकासका लागि पोखरालाई चौविसै घण्टा खुल्नुपर्ने र त्यसको सुरक्षाको ज्ञारेण्टी सरकारले लिने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीले पोखरा सडक महोत्सवले पोखराका ब्राण्डीङमा ठुलोमद्धत गरेको बताए । उनले पोखराको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्ने बताए । उनले रत्नमन्दिर र हिमागृहलाई भाडा नदिइ सम्पदाकै रुपमा विकास गर्ने बताए ।

कार्यक्रमा गण्डकी प्रदेशका सांसद राजिब पहारीले रत्नमन्दिर जनवरी १ तारिकमा नभई माघ १ गतेबाट सन्चालन आउने बताए । उनले रत्नमन्दिरको भौतिक पुर्वाधार विकासका लागि सांसदकोषबाट २५ लाख रुपैया आफुले छुट्टाएको बताए ।

कार्यक्रममा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान)का कार्यवाहक अध्यक्ष सर्घष विष्टले पोखरा सडक महोत्सवले नेपालको नै सान बढाएको बताए । त्यसै गरि पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जी पोख्रेलले पोख्ररेली जनताले बेला बेलामा आन्दोलन मात्रै गर्न बाध्य पार्ने गरेको भन्दै रत्नमन्दिर र हिमागृहलाई भाडामा दिए फेरी आन्दोलन जाने बताए ।

पोखरा सडक महोत्सव
पोखरा सडक महोत्सव

महोत्वसका संयोजक लक्ष्मण बरालले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुदै आएको पोखरा सडक महोत्सवले देश कै आर्थिक बृद्धिमा टेवापुगेको बताए । कार्यक्रममा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखरा अध्यक्ष भिमसेन भुजेल, सचिब विकास भट्टराई लगाएतले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा ल्याउन सफल भएको बताए । सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने महोत्सवमा ३ किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । कोमागाने पार्कमा सांस्कृतिक, सांगितिक र खानाका परिकारमा रमाउने पाउने छन् ।

सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारेर दुलहि झै सजिएको छ । सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, अभए एण्ड स्टिम इन्जस, लाहुरे, अनुपस्थको प्रस्तुती रहने छ ।

पोखरा सडक महोत्सव
पोखरा सडक महोत्सव

त्यसै गरी ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, बद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वती जिसि, हास्य कलाकारहरु पोख्ररेली माग्ने वुढा युवराज भण्डारी, राजेन्द्र नेपाली, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने छन् ।

झाँकी ¥यालीमा पुन समाज पहिलो

सडक महोत्सवको अवसरमा आयोजीत झाँकी ¥यालीमा पुन समाज पोखरा पहिलो भएको छ । पुन समाजले पहिलो हुदै नगद ४० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि चिउली पार्चे तमु समाज दोस्रो, पाल एवम नाग्ग्याल आधारभुत गुम्वा विद्यालय तेस्रो र फेवा ढुङगा व्यवसायी संघले सान्तोना पुरस्कार प्राप्त गरे । दोस्रो, तेस्रो र सान्तोनाले हुनेल क्रमस ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् ।

दिऊसो लोकदोहोरी साझँ कन्र्सट

सडक महोत्सवको अवसरमा कोमागाने पार्कमा दिऊसो लोकदोहोरी र हास्य कलाकारले मनोरञ्जन दिने छन् भने साझँ लाइभ कन्सर्ट हुनेछ । आइतबार लोकदोहोरी तर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जिवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुती रहनेछ । त्यसै गरि हास्य कलाकार सापट् र भटभटेले मनोरञ्जन प्रदान गर्ने छन् । साझँ देखी लाइभ कन्र्सट सुरु हुनेछ । आइतबार लाइभ कन्सर्ट तर्फ अभय एण्ड द स्टिम इन्जिनको प्रस्तुती रहनेछ ।

कमेन्टहरु
Loading...