कास्की २ उपनिर्वाचनको मतगणना शुरु, वडा नम्बर ३३ बाट थालियो

पोखरा, १५ मंसिर / शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभाको लागि कास्की क्षेत्र नम्बर २ मा मत गणना मध्यरातमा सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ बाट मत गणना सुरु भएको हो ।

१०ः३० बजेबाट मत गणना गर्ने भनिए मध्य रातमा १ बजेर ४० मिनेट जादाँ मात्रै मत गणना सुरु भएको हो । पोखरा ३३ मा ७ हजार ९ सय ९१ मतदाता रहेकोमा ५ हजार ६ सय ४२ मत खसेको थियो । वडा नम्बर ३३ मतगणना सकेपछि वडा नम्बर ४ को मतगणना गर्ने दलहरुले जानकारी दिएका छन् ।

मतपेटिकामा लगाएको शिल्डका रुजु गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु विच विवाद हुदाँ मतगणनाका शुरु हुन सकेको थिएन । कास्की–२ मा ६३.४० प्रतिशत खत खसेको निर्वाचन कार्यालय जनाएको छ ।

अघिल्लो आम चुनावमा ६७ प्रतिशत मत खसेको यो क्षेत्रमा यसपटक ४ प्रतिशत कम मत खसेको हो । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् ।

कमेन्टहरु
Loading...