माओवादी सहित ३३ दलको बन्द प्रभाव पोखरा पनि (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, २५ कार्तीक/नेकपा माओवादी सहित ३३ दलले आव्हान गरेको आम हड्ताले पोखरा लगायत यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बन्दका कारण पोखरामा यातायातका साधनहरु छुटपुट रुपमा सन्चालनमा आएनन् । बन्दका कारण उद्योग कलकारखाना, शैक्षिक संस्था, पसलहरु सबै ठप्प थिए । पोखराबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु विहानै बाट छुट्न पाएनन् ।

पोखरा भित्र भने प्रहरीले हिजो नै नियन्त्रणमा लिएका सार्वजनीक यातायातमा प्रहरी राखेर सन्चालनमा ल्याएको थियो । विद्यालय जाने विद्याथीहरु सडकमै फुटबल तथा क्रिकेट जस्ता खेल खेलेर रमाई रहेका देखिएका छन । प्रहरीले सुरक्षा स्कटीङ गरी १२ वटा पर्यटक वसलाई काठमाण्डौ पठाएको थियो । पोखरामा कुनै अप्रिय घटना भएन । शुरक्षाका लागी नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी चोक चोक खटिनुका छन् । सडकमा वन्द कर्ता भने देखिएका थिएनन् ।banda pkr (8) banda pkr (3) banda pkr (4) banda pkr (5)banda pkr (7)

कमेन्टहरु
Loading...