युवा व्यवसायीहरुको टोलीे कास्कीका बिभिन्न स्थलको अवलोकन भ्रमणमा

पोखरा, १७ भदौ/आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखराका युवा व्यवसायीहरुको एक टोलीले कास्कीका बिभिन्न स्थलको अवलोकन भ्रमण गरेका छन् । “स्वस्थ जिवनका लागी घुमघाम” नाम दिईएको भ्रमण पोखराको पर्यटकीय स्थल महेन्द्र गुफाबाट सुरु गरिएको थियो । यात्रा छोरेपाटनको पातले छागो ९डेभिड फल०, सराङ्गकोट, काहँुडाडा, वेगनासताल, रुपाताल सुन्दरी डाँडा हुदै अन्त्यमा कालिका गाविसको भैसेमा पुगी टुगिँएको थियो ।पोखराका व्यवसायीलाई भैसेमा स्थानीयहरुले फुल माला, खादा र अबिर लगाएर स्वागत गरेका थिए । टोलीले भैसे गाविसको अवलोकन गर्नुका साथै त्यहाँका स्थानीय संग भलाकुसारी समेत गरेका थिए । पर्यटकीय हिसावले रमणीय रहेको भैसेमा आन्तरिक पर्यटकलाई भ्रमणको निम्तो उनीहरुले दिएका छन् ।
टोलीमा व्यवसायी राजु कार्की, सुर्य गुरुङ्ग, शुसिल कार्की, दण्डपाणी शर्मा सुवेदी, शौभाग्य आचार्य, लोकनाथ देवकोटा, कृष्ण आचार्य अन्जान लगायतको सहभागीता रहेको थियो । आन्तरिक पर्यटकलाई प्रोत्र्साहन गर्नुनै भ्रमणको उद्देश्य रहेको संयोजक राजु कार्कीले बताए । टोलीले मंसिरको पहिलो हप्ता गण्डकी अञ्चलका बिभिन्न जिल्लामा रहेका पर्यटकीय स्थलको भ्रमण गर्ने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...