योजना आयोगको उपाध्यायमा शाक्य, सुकुम्बासी आयोग खारेज

९ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्व सचिव रवीन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । साथै बाबुराम सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अर्थशास्त्रमा स्नातकोत्तर गरेका शाक्य आयोगका पूर्व सचिव शाक्यलाई उपाध्यषमा नियुक्त गर्ने निर्णय गरेको हो । बाबुराम भट्टराई सरकारको पालामा उपाध्यषमा नियुक्त पूर्व गर्वनर दीपेन्द्रबहादुर क्षेत्रीले नयाँ सरकार बनेपछि राजीनामा दिनु भएको थियो । सरकारले रिक्त सदस्य पदमा भने नियुक्त गरेको छैन ।

केन्द्रको काजगपत्र भूमिसुधार मन्त्रालय र जिल्लास्तरमा संकलित कागजपत्र मालपोल कार्यालयले जिम्मा लिने निर्णय गरेको हो । आयोग केन्द्रसमिति २५ जिल्लामा छ । कांग्रेस र एमालेले आयोगमा भएको नियुक्ति राजनीतिक भएको भन्दै खारेजको माग गर्दै आएका थिए ।

मन्त्रिपरिषद् बैठकले आरोही मीनबहादुर शेरचनसहितको ७ जनालाई पुनः आरोहण्नका लागि लाग्न शल्क मिनाहा गर्ने निर्णय गरेको छ भने शेरचनलाई १० लाख सहयोग गर्ने निर्णय गरेको छ । सबैभन्दा पाको उमेरमा सगरमाथा आरोण गर्ने शरेचनको कीर्तिमान बिहीबार मात्र जापानी नागरिक युचिरो मिउराले तोडेका छन् । उनी ८० वर्षीय हुन् । ८१ वर्षीय शेरचन कीर्तिमान रक्षाका लागि आधार शिविरमा पुगिसकेका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73768/#sthash.3cKfyOUe.dpuf

कमेन्टहरु
Loading...