३० बर्ष माथि उमेर समुहका महिलाहरुलाई विदेश जान रोक मन्त्री–शाह

उद्योग मन्त्री अनिल शाहले बैदेशीक रोजगारीका लागि खाडी मुलुकमा घरेलु कामका लागि ३० बर्ष भन्दा कम उमेरका महिलाहरुलाई विदेश जान सरकारले रोक लगाउने निर्णय गरेको बताए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम आर्थिक बर्ष २०६८÷०६९ मा संचालीत कार्यक्रमको बार्षिक समिक्षाको दुई दिने कार्यक्रमको पोखरामा उद्घाटन गर्दै मन्त्री शाहले कम उमेरका महिलाहरु खाडी मुलुकमा जानेहरुको सङख्यामा बृद्धि भएकोले उनीहरुलाई नियन्त्रण गर्न पनि सरकारले निर्णय गरेको प्रष्ट पारे ।

रोजगारीको लागि दैनिक जसो करीब १५ सय जना नेपाली युवा विदेश हानीएको समयमा मन्त्री शाहले विकृति विसङगतीबाट परिवार, समाजबाट विचलमा परेका बढी नेपालीहरु रोजगारीको लागी खाडी मुलुकमा जाने गरेको दाबी गर्दै उनीहरुलाई स्वदेशमै उद्यमशिलता बनाउन सवैले सहयोग गर्नु पर्ने बताए । विदेशी दात्री निकायले उद्यमशिलतमा पुराएको योगदानको खुलेर प्रंशम्सा गरेका मन्त्री शाहले यस्ता कार्यक्रम आफ्नो तराई क्षेत्रमा भने लागु हुन निकै गा–रो हुने आशंका व्यतm गरे ।

उनले भने म मेरो ठाँउमा हेरेर बस्न सक्दीन तर मेरो क्षेत्रमा आएको बजेट कुन कुन ठाँउमा खर्च भयो मलाई नै थाहा छैन । तराईका धेरै क्षेत्रमा अपादर्शी भएको बताउदै मन्त्री शाहले यस्तो अबस्था देखेर कहिले आफैलाई रुन मन लाग्ने समेत बताए ।

घरेलु तथा साना उद्योग विभागका महानिर्देशक श्याम खनालको अध्यक्षता सम्पन्न भएको उद्घाटन सत्रमा लघु उद्यम विकास कार्यक्रमका राष्ट्रिय प्रबन्धक डाक्टर लक्ष्मण पुन, उद्योग मन्त्रालयका उपसचिव विष्णु ढकाल,राष्ट्रिय लघु उद्योग महासंघका केशा परिवार, विभागका निर्देशक नरेन्द्र बराल लगायतले लद्यु उद्यमका बारेमा चर्चा गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला लद्यु उद्योग समुह संघ, लद्यु उद्यम विकास कार्यक्रमका कार्यलय प्रमुख, अध्यक्ष तथा लेखापाल एवम प्रतिनिधिहरु गरी ८५ जना सहभागि भएका छन ।

कमेन्टहरु
Loading...