नगद छाडेर सजाए

भवानी अधिकारी /दुई बर्ष अघि कोल्मा गाविसकी एक महिलालाई गाउ“ले दाजु नाता पर्नेले मध्यरातमा घरमा आएर बलात्कार गरे । महिलाले प्रतिकार गरिन । भोलीपल्ट गाउ“का भलादमी राखेर न्याय मागिन । प्रहरी प्रशासन समक्ष जान सहयोग गर्न अनुरोध गरीन । गाउ“लेले उनको कुरा सुनेनन । प्रहरी प्रशासन समक्ष पुगे उल्टै गाउ“ निकाला गर्ने चेतावनी दिए । त्यसपछि गाउ“का केही ब्यक्ति, पिडित महिला र पिडक बसेर गाउमै १० हजार रुपैंया“मा मिलापत्र गराए र पिडितले न्याय पाउनबाट रोके ।उनलाई अझै पनी चित्त बुझेको छैन । भनिन ‘अपराधीलाई सजाए दिन चाहन्थे तर चाहेर पनि प्रहरी समक्ष जान सकिन ।’ छोराछोरी बिद्यालय आउ“दा–जादा गाउ“लेबाट पनि उनीहरुमाथि नकरात्मक व्यवहार हुन थालेपछि गाउ“लेको सल्लाह मान्न बाध्य भएको ती महिलाले बताईन् ।
sexगत बैशाख महिनामा सोही गाविसमै सुस्तमनस्थितीकी १८ बर्षिया युवती पनि बलात्कृत भईन । आफनै आमाले देखेका कारण पिडक देवेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गर्न सक्यो । अदालतले थापा मगरलाई पूर्पक्षका लागि कारागारमा पठाएको छ । ति युवती १० बर्षको उमेरदेखि नै गाउ“लेबाटै पटक–पटक बलात्कृत हुदै आएको युवतीकी आमा बताउ“छिन । यस अघि सवै घटना गाउ“मै मिलाए । थोरै रकममा बलत्कारका घटना गाउ“मै मिल्ने कारण बलात्कारीको मनोवल बढ्ने र प्रहरी प्रशासनकहां पुगे गाउ“बाटै बहिस्कृत गरीने चेतावनी आएपछि उजुरी कसैले गर्ने आट नै गरेनन ।
सुस्तमनस्थितीकी ती युवतीको ६ महिनाअघि मात्र २४ हप्ते गर्भपतन गरिएको थियो । पुन बलत्कार भयो । ‘अन्याय र पीडाको सीमाना रहेन’ आमा चिन्तित हुदै भन्छिन । शारिरिक र मानसिक रुपमै अस्वस्थ्य ती युवती बोल्न पनि सक्दिनन् । एकै घरका बावुछोराबाट समेत उनी बलात्कृत भएकी छिन । अति भएपछि गाउ“ नै छाडनु परे छाड्ने सोच बनाएर प्रहरीमा आएको पिडितकी आमाले बताइन । बाबुले अर्की पत्नी लिएर गाउ“ छाडे, बहिनीको बिहे भयो, आमा दिनभर काममा बाहिर रहने हु“दा ती सुस्तमनस्थितीकी युवती बलात्कृत हुने गर्थिन ।
चित्रेभन्ज्याङ गाविसकी ३ बर्षिया वालिका गत जेठ महिनामा आफन्तबाटै बलात्कृत भईन । ४२ बर्षिया कृष्णबहादुर मानन्धरले ३ बर्षे बालिकालाई बलत्कार गरे बापत १५ हजार तिरे र उम्किए । वालिकाको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि पोखरा लगियो । पोखरामा उपचारकै क्रममा चिकित्सकद्धारा बलात्कार भएको भनेपछि मात्र उनका अभिभावकले बलात्कारको घटना सार्वजनिक गर्न बाध्य भए । पुतलीबजार नगरपालिका १ की ३४ बर्षिया सुस्तमनस्थितीकी महिलालाई पनि आफनै भाई पर्ने ३२ बर्षिय प्रकाश लम्सालले बलात्कार गरे । खाना खाएर बाहिर निस्केकी ती महिलालाई लम्सालले उठाएर मकैबारीमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । आमा र हजुरआमासंग बस्दै आएकी ती महिला पनि बोल्न सक्दिनन् ।
जेठ महिनामै केबरेभन्ज्याङकी २६ बर्षिया युवती ग्राहकबाट बलात्कृत भएकी छन् । पसलमा बसेर सामान बेचिरहेकी ती युवती ग्राहकले दिएको ५ सयको नोट साट्नका लागि कोठा भित्र जादा उनकै पछि गई कोठामा बलात्कार ग¥यो । कुवाकोट गाविसका २० बर्षिय पर्वत थापालाई प्रहरीले पक्राउ गरेकोे छ । थापालाई पनि अदालतले पूर्पक्षका लागि कारागार पठाएको छ । बलात्कारीले छोरी, भतिजी, दिदी, बहिनी र अपांग र सुस्तमनस्थिती पनि भनेको देखिदैन । जहां छोरीचेली कमजोर र पारिवारिक पृष्ठभूमि पनि कमजोर देखिएको छ त्यहि बढि बलत्कारका घटना बढि छन् ।crime
यि त बलात्कारका प्रतिनिधी पात्र मात्र हुन । अझ पनि कयौं बलात्कार र यौन हिंसाका घटना बाहिर ल्याउन नचाहेका धेरै घटना रहेको जिल्ला प्रहरी कार्यलय स्याङजाका प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । महिला, गाउ“को इज्जत र प्रतिष्ठा भन्दै यस्ता घटना गाउ“घरमै मिलापत्र गरिदा अपराधिक क्रियाकलाप बढाउन उत्प्रेरित गरेको प्रहरी प्रमुख राठौरको दावी छ । राठौंर भन्छन ‘गाउ“ घरमा घटने सामान्य घटनाका बारेमा गोप्य रुपमा जानकारी दिए पनि प्रहरी प्रशासन न्यायको पक्षमा उभिने छ र आपराधिक चरित्रलाई न्यायिक कारवाही गरिने छ ।’
माथि उल्लेखित घटनाले आफनै घर, पसल, समुदाय र आफन्त पनि महिलाका लागि सुरक्षित देखिदैनन् । घरमा खेल्दा होस् या सामाजिक कार्यमा जादा महिला असुरक्षित बन्दै गएका छन् । महिलामा अझै पनि चेतना र न्यायको पक्का नहु“दा बलात्कारका घटना बाहिर ल्याउन चाहदैनन् । प्रतिकार गर्न नसक्नु र घटना गोप्य राख्नाले महिला र बालिकाका कमजोरीको कारण हिंसा बढेको अन्तर पार्टी महिला संजालका अध्यक्ष साबित्री शाही बताउ“छिन । हिजोआज गाविसमा भएका महिला र यौनहिंसा सम्बन्धी सचेतना कार्यक्रम भएका कारण पनि महिला सचेत हुने क्रम बढेको छ ।money
महिलाका लागि बिनियोजित रकम, गैह्रसरकारी संस्थाबाट पाइने लैगिक हिंसा सम्बन्धी कार्यक्रम, पारालिगल कार्यक्रमले महिला सूसूचित हुने मौका जुरेको छ । बिगतका दिनमा महिलालाई बलात्कारपछिको कानूनी उपचारका बारेमा पनि थाहा नह“ुदा बलात्कारका घटना घटेपछि नुवाइधुवाई गरेर बलात्कारका प्रमाण पखालेर चिटिक्क परेर प्रहरी कहां उजुरी गर्न जादा झनै समस्या आइपरेको महिला अधिकारवादी सरस्वती तिवारी बताउ“छिन । यसबर्ष, अन्तरपार्टी महिला संजालले महिला हिंसा, कानूनी उपचार र सशक्तीकरणका बिषयमा स्याङ्जाका ३ वटै निर्वाचन क्षेत्रमा पुगेर महिला अगुवालाई सचेतीकरण कार्यक्रम गरेको छ । राठौर पनि महिलालाई हिंसा र बलात्कारका विषयमा सदरमुकाम, वालिङ र गल्याङमा पुगेर महिलालाई कानूनी प्रावधान र घटनापछि गर्न पर्ने, न्यायिक उपचार, हदम्यादका विषयमा प्रशिक्षण दिएका थिए ।
यस्ता कार्यक्रमले महिलामा सकारात्मक प्रभाव पार्नुका साथै न्यायलयसम्म पुग्न सहयोग पु¥याएको अन्तर पार्टी महिला संजालका कोषाध्यक्ष शुशिला शर्मा बताउ“छिन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आर्थिक बर्ष २०६९÷७० मा ११ वटा र यही साउन महिनामा मात्र २ वटा बलात्कारका उजुरी दर्ता भएका छन् । बैशाख महिना यता एघार वटा उजुरी दर्ता भएका छन् । यी उजुरी दर्तापछि अदालतद्धारा ७ जनालाई पुर्पक्षका लागि कारागार पठाएको र एक जना ५१ हजार रुपैंयामा धरौटीमा रिहा भएका छन भने ५ जना फरार रहेको प्रहरीले जनाएको छ । गत वर्ष बलात्कारको ३ वटा उजुरी दर्ता भएको थियो ।
सञ्चारिका फिचरसेवा पश्चिमाञ्चल (भवानी अन्नपूर्ण पोष्ट दैनिकका लागि स्याङ्जा संवाददाता हुन् )
तस्वीर ः गुगल
 

कमेन्टहरु
Loading...