अखिल नेपाल महिला संघ कास्कीमा सपना बराल

पोखरा, १६ भाद्र /अखिल नेपाल महिला संघ कास्कीको दोश्रो जिल्ला भेलाले सपना वरालको अध्यक्षतामा १७ सदस्यीय कास्की जिल्ला समिति चयन गरेको छ । उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्क्षमा क्रमशः सावित्री के.सी., भवानी लामिछाने, पूर्णिमा परियार, र सुसिला वि.क.लाई चयन गरेको छ भने अन्य सदस्यहरुमा विष्णु राना मगर , जमुना खत्री, शान्ति शर्मा, विनाकला क्षत्री, सुसिला कँडेल, रचना राई, राधिका वि.क., सावित्री जि.सी.,देवीकला सुनार, तुलसी वस्याल, देवी थापा मगर र देवी परियारलाई चयन गरेको छ ।
भेला उत्घाटन गर्दै अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य लक्ष्मी वास्कोटाले अव पनि महिलाहरु पछि पर्न नहुनेमा जोड दिनु भयो । महिलाहरु अव देश निर्माणको अग्रपन्तिमा आउनु पर्ने त्यसको लागि सही राजनिती र विचार भएको पार्टी राष्ट्रिय जनमोर्चामा समाहित हुनको लागि पनि आम महिलाहरुलाई आव्हान गर्नु भयो । भेलालाई शुभकामना मन्तव्य दिदैं राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष शंकर वरालले एक्काइशौं शताव्दीका महिलाहरु राष्ट्रिय राजनितीमा आउनुको विकल्न नरहेको वताउनु भयो । त्यस्तै केन्द्रिय सचिव कृष्ण अधिकारीले संसारका विभिन्न देशहरु र हाम्रै देशमा पनि महिलाको नेतृत्व र सहभागितामा भएका आन्दोलनहरु सफल भएको वताउनु भयो ।

कमेन्टहरु
Loading...