मौसम पूर्वानुमान महाशाखाः आज पनि चट्याङ सहित वर्षाको सम्भावना

पोखरा, २ वैशाख / देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने छ भने देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको जनाएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भुभाग आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहेको छ। हाल मध्य भू-भागमा हल्का बर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २ गते (मंगलबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली  रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ३ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली  रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

रातीः  देशको पुर्वी भू-भाग र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका  एक दुइ स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

 बैशाख ४ गते (बिहिवार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य र पश्चिमी पहाडी भू-भागका  एक दुई स्थानमा तथा पुर्वी भू-भागका  केही स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली र मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भू-भागमा एक दुइ स्थानमा र पुर्वी भू-भागमा थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशको मध्य र पुर्वका थोरै  स्थानहरुमा र पश्चिमि पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरि सहित क्षणिक वर्षा हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

कमेन्टहरु
Loading...