तिम्रुङ खोला खानेपानी योजना सुरु

पोखरा, २२ माघ । कास्कीको घान्द्रुक–९ अवस्थित तिम्रुङ खोला खानेपानी योजना सुरु भएको छ । उक्त योजनाको उद्घाटन गर्दै क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले जनताको समेत सहभागितामा कुनै पनि योजना सफलहुनु अत्यन्तै राम्रो पक्ष भएको बताएका थिए ।

तिम्रुङ खोला खानेपानी तथा सरसफाई समितिको पहलमा कुल रु १७ लाख ३४ हजार ४ सय खर्च भएकोमा ४ लाख ६८ हजार ६ सय २७ रुपैयाँ स्थानीय जनसहभागिता र १२ लाख ६५ हजार ४ सय भौतिक योजना तथा निर्माण मन्त्रालयबाट सहयोग जुटाई उक्त योजना सफल भएको कार्यक्रममा जनाईको थियो ।

खानेपानी तथा सरसफाई समितिका अध्यक्ष ललित गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय खानेपानी सुपरीवेक्षणका प्रमुख खोमबहादुर सुवेदी, सि.डि.ई. चन्द्रबहादुर केसी, आन्तरिक राजश्व कार्यालय कास्कीका प्रमुख लक्ष्मण बस्नेत, उपक्षेत्रीय प्रशासक बेदबहादुर कार्की, क्षेत्रीय कृषि कार्यलयका दीपक बराल लगायतले लाभान्वित परिवारले संरक्षण गर्दै खानेपानीको सदुपयोग गर्न सुझाब दिएको सहभागि पत्रकार रामजी जिसीले जानकारी दिएका थिए ।

६ वटा पानीको धारा सहित जडान भएको उक्त योजनाबाट २८ घरधुरी लाभान्वित भएको संस्थाका अध्यक्ष ललित गुरुङले जानकारी दिएका थिए । सो कार्यक्रममा गाविस सचिव चोलाकान्त पौडेल, सुकबहादुर गुरुङ र मीनप्रसाद गुरुङ लगाएतले बोलेका थिए ।

कमेन्टहरु
Loading...