नेपालको राजनीतिमा अमेरिकाले हस्तक्षप गर्दैन ः अमेरिकि राजदुत

पोखरा, १६ फागुन/नेपालका लागी अमेरिकि राजदुत पिटर डब्लु बोडीले अमेरिकाले नेपाल र नेपालको राजनीतिमा कुनै हस्तक्षेप गर्ने कुनै रणनीति नलिएको बताएका छन् । अमेरिकि दुतावास युवा परिषद्को दोस्रो समुह गठनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका राजदुत बोडीले पोखराका सञ्चारकर्मीहरुसंग छोटो कुराकानी गर्दै नेपालका लागी अमेरिकाले सँधै सहयोगी हातहरु बढाउने बताए ।

‘अमेरिकाले नेपालको कुनै एउटा पार्टी विशेष र उसको स्वार्थको लागी सहयोग गर्दैन ।’ राजदुत बोडीले भने–‘नेपालका दलहरु सँधै राज्यको लागी सहमती गरेर अगाडी बढ्नुपर्छ भन्ने अमेरिकि मान्यता छ ।’ उनले चुनावको बारेमा अन्यौल छाईरहेको बेलामा प्रधानन्याधिसलाई दलहरुले चुनावी सरकारको नेतृत्व दिएर गति लिएको भन्दै चुनावको बेलामा अमेरिकाले गर्नुपर्ने सम्पुर्ण सहयोगका लागी आफु तयार रहेको बताए ।

प्रधानन्याधिसलाई चुनावी सरकारको नेतृत्व गर्न दिने दलहरुको निर्णय सकारात्मक भएको टिप्पणी गर्दै उनले स्वतन्त्र र निष्पक्ष चुनाव गराउनका लागी शुभकामना समेत दिए । ‘चुनाव जहिले पनि निष्पक्ष र स्वतन्त्र हुनु पर्ने बताए ।’ दुतावासले युवा परिषदमार्फत नेपालका युवाहरुलाई एकजुट बनाएर नेपालकै विकासका लागी योगदान पु¥याउने जमात खडा गर्न लागेको समेत उनले जानकारी दिए । कार्यक्रमा ४७ जिल्लाका ५४ जना युवाहरुले सम्मेलनमा सहभागीता जनाएका थिए ।

कमेन्टहरु
Loading...