अमेरिकी सेनासँग बिहे गर्ने सपनाले डुबायो पोखरा युवती सहित ९ जनालाई ठगि

चैत, १२ काठमाडौं/ नुवाकोटको सामरी गाविसका जीवन तामाङका परिचय अनेक छन् । सन्तोष, विक्रम लगायतका नाम भएका उनी दुई वर्ष अगाडि ठगी मुद्दामा पक्राउ परेर चार लाख धरौटीमा छुटे, तर उनको ठगी धन्दा भने रोकिएन ।आजको अन्नपूर्णमा समाचार छ ।
धरौटी तिरेर छुटेलगत्तै उनले फेसबुकलाई ठगी धन्दाको माध्यम बनाए । उनको पहिलो रोजाईमा परिन् नुवाकोटकी २४ वर्षीया युवती । फेसबुकमा ती युवतीलाई अफलाईन म्यासेज पठाउँदै लेखे, ‘हाई १ मैले तपाईंको फेसबुक प्रोफाईल हेरें, म अमेरिकन आर्मी हुँ, अहिले क्यालिफोर्नियामा छु, नेपाल आउने तयारीमा छु । मेरो घर पनि नुवाकोट नै हो, आएपछि फोन गर्छु ।’
जीवनले उनलाई फेसबुकमै फोटोसपमार्फत डिजाईन गरिएको अमेरिकन आर्मीसँग विदाई भएको, राष्ट्रपति बाराक ओबामासँग हात मिलाएको, राष्ट्रसंघका महासचिव वान कि मुनसँगको फोटो पठाएपछि उनी मख्ख परिन् । गत वैशाखमा जीवनले आफू नेपाल फर्किएको भन्दै उनलाई फोन गरे । नुवाकोटकी उनी ललितपुर थसिखेलमा परिवारसँग बस्दै आएकी थिइन् । उनीहरुको भेट न्यूरोडको एउटा कफी सपमा भयो ।

जीवनले ‘तपाईं त फेसबुकमा राखेको फोटो भन्दा रियलमा धेरै राम्री’ भन्दै प्रशंसा गरे । परिवारले विवाहका लागि दुईचार केटासमेत हेराएर ‘रिजेक्ट’ गरिसकेकी उनले जीवनलाई भने पहिलो भेटमै विश्वास गरिन् । जीवनले परिवारलाई समेत भेटाउन आग्रह गरेपछि निरुले उनलाई घरमै लगिन् । ज्ञानज्ञुनका कुरा गर्दै विवाह गर्न चाहेको कुरा उनले त्यहाँ राखे । बिहेपछि अमेरिका लैजाने कुरा जीवनले उनका परिवारलाई बताए ।

जेठमा जीवनले एकाएक निरुलाई फोन गरेर विलाप गर्न थाले, ‘म बैंग्लोरमा छु, अंकलको साथीलाई अस्पताल ल्याइएको छ । जसरी पनि चार लाख चाहियो, नेपालको एटिएमले यहाँ काम गर्दो रहेनछ, नवलपरासीमा मेरो आफन्त छ, पैसा पठाइदेउ, म काठमाडौं आएलगत्तै तिरिदिन्छु ।’ पटकपटकको फोनपछि निरुले परिवारलाई सबै कुरा बताइन् । जीवनलाई ज्वाइँ बनाउन राजी उनकी आमाले आईएमईमार्फत पैसा पठाउने जोहो गरिन् । पैसा पाएपछि जीवन एकाएका गायब भए । निरुलाई दिएका फोन नम्बर स्वीच अफ आउन थाल्यो । तबमात्रै निरुका परिवारमा आफूहरु ठगिएको आभास हुन थाल्यो । प्रहरीमा गत मंसिरमा उजुरी दिए ।

निरुकै जस्तो उजुरी चारपाँचवटा आउन थालेपछि महानगरीय प्रहरी परिसरले यो घटनालाई सुक्ष्मढंगले अनुसन्धान थाल्यो । अनुसन्धानकै क्रममा निरुजस्तै नौजना युवतीहरु जीवनबाट ठगिएको व्यहोरासहित प्रहरी परिसरमा पुगे । प्रहरीले जीवनलाई गत मंगलबार पक्राउ गर्यो । उनलाई पक्राउ गर्न पुगेका प्रहरी डेरामा पुगेपछि अचम्ममा परे । चावहिलस्थित डेरामा बसेका जीवनले मासिक ३५ हजार भाडा तिर्थे ।

एयर कन्डिस्नरसहित फ्ल्याट लिएर बसेका उनको कोठामा मन्त्रीस्तरको साजसाजावट थियो । नुवकोटकी उनी र पोखराकी अर्की युवतीसहित हालसम्म प्रहरीमा नौजनाको उजुरी परेको छ । सबै युवतीहरुलाई सुरुमा फेसबुकमा म्यासेज पठाउने, भेट्ने, फोटो देखाउने र विवाह गरेर अमेरिका लैजाने भन्दै झुटो आश्वासन दिएर दुईदेखि १० लाख रुपैंयासम्म ठगी गर्दै आएका अनुसन्धानबाट खुलेको छ ।

कमेन्टहरु
Loading...