काठमाडौं, २७ चैत / लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् ।
बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाहरु सँगको बैठकले जान दिने निर्णय गरेको हो ।
चैत ११ गतेबाट शुरु भएको लकडाउन लम्बिए पछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।
जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् । तर अन्य ठाउँबाट उपत्यका जान भने नपाइने जनाएको छ ।