उपल्लो तालवेशीमा चैते दशै मेला शुरु

पोखरा, ६ वैशाख/लेखनाथ १० उपल्लो तालवेसीमा रहेको संगम यूवा क्लवको आयोजनामा चैतेदशै मेला आज बाट शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पूर्व सभासद कृष्णवहादुर गुरुङ्गले तालवेसीमा कृषी क्याम्पस वनाउनुपर्नेमा जोड दिए । टेकनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र सुवेदी , प्रकाश तिवारी, पुष्प सुवेदी , यम कुमारी गुरुङ्ग, धर्मदत्त बराल, पूर्ण वहादुर गुरुङ्ग , कमल थापा लगाएतले वोलेका थिए । बौद्धीक मन्त्र उच्चारण सहित धार्मिक पुजाआजा गरी सुरु भएको कार्यक्रममा ओम शान्तिको प्रवचन , राम भजन कृतन लगाएतका कार्यक्रमहरु गरिएको थियो । भोली सम्म चल्ने उतm मेलामा भलिवल प्रतियोगिता समेत शुरु भएको ५ । प्रतियोगितामा १८ टीमको सहभागीता रहेको थियो । आज भएको खेलमा फ्रेन्च यूवा क्लव तनहु, तमु ब्वाइज यूवा क्लव हंसपुर ८ लिपेनी, याम आर एस पी चाउथे र संगम यूवा क्लव ए सेमी फाइनलमा प्रवेश गरेका छन ।

मेलामा हंसपुर, रुपाकोट, माझठाना गाविसका लगायत लेखनाथ १० खोलावेसी, वेगनास, मानिसहरुको सहभागीता रहेको थियो । मेलामा भोली निमावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, म्यूजिकल चियर, छेलो, रस्साकसी , घैटो फुटाउने लगाएतका प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...